न आँखामा आँसु
न ओठमा हाँसो
भोक तिर्खा दबाएर
एकोहोरो काममा मात्र जोतिने
सधैं घरको धुरी खामो बनेर
घाम पानीको ओत बनि
छहारी प्रदान गर्ने
एउटा साहसीको नाम हो बा
आँट भरोसा र साहस भर्ने
धैर्यता अठोट अनि
इमानदारको पाठ सिकाउने…
हुमनाथ पाण्डे
मुठ्ठी भरिको थिइस्
भर्खरै कोरलेको चल्लाजस्तै
निर्दोष आँखा, तोते बोली
दुई दाँते हाँसो, थर्कमान रोदन
मेरो अनुपस्थितिमा
पिलपिलाउने तेरा आँखा...
हिजै जस्तो लाग्छ
तर काल धेरै बितिसकेछ
यही काखमा…