बेलुकीतिर धर्मशालामा खाना खाँदै थियौं, मणिपुर बस्ने अर्जुन गुरूजीका मित्र अनिलजी आउनुभयो; हौरी र कोरोनाले दुवै कारण इन्डियन इमिग्रेसन अफिस भोलिबाटै बन्द हुने र कहिले खुल्ने भन्ने टुङ्गो नभएको बताउनु भयो ।
साँझ झमक्कै परेपछि पोखराबाट छुटेको बसले अघिल्लो दिनको मिर्मिरे उज्यालोमै हामीलाई काठमाडौँमा उतारेको थियो। रातभरिको बस यात्राले हामी थकानमा थियौँ । त्यसैले दिनभरि नै विद्यापीठमै समय कटायौं। साँझमा न्यूरोड गएर किनमेलबाहेक अरू काम गर्न मन…
दिनको उज्यालोमा पोखरा यति धेरै सुन्दर छ भनी मैले कल्पना पनि गरेकी थिइनँ । यो त सुन्दरताको पर्याय नै रहेछ । बनावटी सुन्दरताले आश्चर्य चकित मात्र बनाउँछ तर प्रकृतिले सजाएको सुन्दरता आँखालाई रिझाई रहन्छ, लोभ्याइरहन्छ ।
म जुन जुन ठाउँ गएँ, हरेक ठाउँमा केही न केही भावना र संवेदना सँगै आए । र भावुक भएँ । कतिपय ठाउँमा उत्सुक भएँ । तर यहाँ आएपछि यो मनोभावना दोहोरिएन । मात्र शान्त रह्यो मन, एकदम निश्चिन्त ।
हामी त के जान्नु ! देखासिकी न हो ! मैले भने नाचको अन्तिमसम्म पनि खुट्टा मिलाउन सकिनँ । थारू भाषाको अलिअलि बुझे नबुझे जस्तो गीत भए पनि गीत लय खुब आनन्दमय रहेछ ।
धनगढी । यहाँ आएर मेरो कलम टक्क अडिन्छ । धनगढीको अनुभवलाई कुनै पनि शब्द या नामले म अर्थ्याउन सक्तिनँ । यहाँको तीन दिने बसाइ मेरो निम्ति विशिष्ट बन्यो । जसलाई दाँज्न कुनै बिम्ब फेला पार्न सक्तिनँ । म जुन भाषामा सपना देख्छु, जुन भाषामा…
हो, म्यान्माको कछिन् प्रान्तको पुटाओ सहरसम्म फैलिएको छ हिमाल । सेताम्मे चुचुरा र नेपालका झैँ आकाशै छेड्ने अग्ला नभए पनि साना र कतै मझौला आकारका हिम श्रृङ्खला छन्, जसले नेपालको तिर्सना केहीहदसम्म त मेटाइदिन्छन् ।
"नेपालमा कोसँग भेट्ने मन छ, भन है ? समय मिलेसम्म हामी भेटाउँछौँ," ज्ञान सरले सबैसँग प्रश्न गर्नुभयाे ।
हामी चढेको गाडी स्वयम्भूनाथको यात्रामा थियाे । ज्ञान सरकाे प्रश्नले हामी सबै खुसी नहुने कुरा थिएन । मन त हामीलाई सिङ्गो नेपाल नियाल्न…