कविता: म्याउँ म्याउँ
न चिन्ता
न शोक
बिहान बेलुकै शिकार
नभए गाई-भैंसीको दूध
अगेनोको न्यानो राप
उच्चस्थानको बासाईं
न्याँउ गरे भैगयो
न सन्तान
न परिवारको चिन्ता
न अभाव,
न जिम्मेवारी
टाँगामुनी छिरेर
बूढी आमाका
अगाडि पछाडि
लुट्पुटिंदै
आधा उमेर…