साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

प्रेम सिग्देल

द काइट रनर, भागः २५, अंशः ३

भागः २५, अंशः ३  मैले सपनामा तल्लो तलाको लाउन्जमा फर्केर गएको देख्छु । डा. नवाजभित्र आउँछन्‌ र म उनलाई भेट्न उठ्छु । उनले त्यो कागजको मास्क फुकाल्छन्‌ । उनको हात अचानक मैले सम्झेभन्दा सेतो लाग्छ । उनका नङ्गहरू काटिएको छ,…

द काइट रनर, भागः २५, अंशः २

भागः २५, अंशः २ म उठ्छु र झ्यालहरू खोल्छु । स्क्रीनबाट भित्र पसेको हावा ओसिलो र तातो छ | हावामा धेरै पाकेको खजुर र गोबरको गन्ध छ | मैले हावालाई जोडसँग भित्र तान्छु तर ऐठन भएजस्तो मेरो छातीलाई त्यसले राहत दिँदैन । म फेरि भुइँमै बस्छु…

काइट रनर, भागः २५ अंशः १

पच्चीस अंशः १  तिनीहरूले मलाई भित्र पस्नै दिन्नथे । म देख्छु कि तिनीहरूले उसलाई घचेटेर दुईवटा ढोका भित्र पसाउँछन्‌ र म पछिपछि लाग्छु | म हावा झैँ कोठाभित्र छिर्छु । आयोडिन र परोक्साईडको गन्ध आउँछ, तर मसँग सर्जिकल क्याप लगाएका दुई…

द काइट रनर, भागः २४, अन्तिम अंश,

भागः २४, अन्तिम अंश, "अँ कुरा त्यही हो । अलि बेर लाग्न सक्छ, । तर उसले भनेको छ कि यो सम्भव छ र उसले हामीलाई सहयोग गर्ने पक्का छ ।” मैले उसको गर्धनको पछाडि हात राखेँ । बाहिरबाट प्रार्थनाको समयको जनाउ दिँदै माइकले सडकै थर्कायो ।…

द काइट रनर, भागः २४, अंशः ८

भागः २४, अंशः ८ "आँ, कुरा के भने अब अगाडि तिमीले मीर अब तालले तिमीले झन्‌ कठिन युद्ध लड्नै बाँकी छ । जुन म जित्न सक्छु हैन त ?" उसले कलमको बिर्को बन्द गर्यो । रेमन्ड आन्द्रूजले भनेजस्तै सजिलो त अलि सम्भव छैन । असम्भव नै भन्ने पनि…

द काइट रनर, भागः २४, अंशः ७

भागः २४, अंशः ७ ओमार फैसल पुक्क गाला भएको मोतो, गालामा डिम्पल भएको । कालो आँखाहरू भएको, मिजासिलो, छिद्रो दाँत देखाएर हाँस्ने मान्छे रहेछ । उसको पातलिँदै गरेको फुलेको कपाल पछाडि लगेर चुल्ठो बाटेको थियो | उसले कुहिनोमा छालाको प्याच…

द काइट रनर, भागः चौबिस, अंशः छ 

भागः चौबिस, अंशः छ  "अलि होस गरेर हिड्नु," उनको डेस्कको छेउबाट हामी अघि बढ्दा सेक्रेटरीले भनिन्‌ । "तपाईंको बोसले यस्तै सोमत सिकाएको छन्‌ ?' मैले भनें । मैले त उनले आँखा तरेर हेर्छिन्‌ कि भन्ने सोचेको थिएँ । नत्र सायद, "सबैले त्यसै…

द काइट रनर, भागः चौबिस, अंशः पाँच 

भागः चौबिस, अंशः पाँच  रेमन्ड आन्द्रुज साना हात, चिटिक्क पारेर काटिएको नङ्ग र साँहिली औंलामा वेडिङ रिङ्ग लगाएको होचो कदका मान्छे रहेछन् । उनले मसँग च्याप्प हात मिलाए । उनको सानो हात मलाई भँगेरो समातेर अँठ्याएको जस्तो लाग्यो । ती तीनै…

द काइट रनर, भागः चौबिस अंशः चार

                                       भागःचौबिस अंशः चार त्यस दिन दिउँसो हामी अबेरसम्म त्यहीँ बसेर थाकेर हिँड्यौँ । घाम तापेर थाक्यौं, तर थकाई अर्कै आनन्दको पाराको थियो । फर्कदा बाटोभरि नै मलाई लाग्यो शोहरबले मलाई हेरिरहेको छ |…

द काइट रनर, भागः चौबिस अंशः तीन

भागः चौबिस, अंशः तीन  उसको अनुहार कुच्चियो र उसले आफूलाई सम्हाल्नलाई बल गर्यो । "मेरो बुबाले भन्ने गर्नु हुन्थ्यो कि खराब मान्छेको पनि मन दुखाउनु राम्रो काम हैन । किनभने तिनीहरूले राम्रो नराम्रो जानेको हुन्नन्‌ र नराम्रा मान्छे…