सधैँ नेपाली भएर बाँच्नेछौँ
को चुप लागेर बस्न सक्छ
आफ्नो अस्तित्वमाथि प्रश्न उठे
को मौन रहेर बस्न सक्छ
आफ्नो अखण्डतामाथि औंला उठे ?
सधैँ स्वतन्त्रताको झण्डा फर्फराएका हामी
कसै सामु घुँडा टेक्ने त कुरै भएन
सधैँ शिर उठाएर हिँडेका हामी
कोही सामु झुक्ने त…