कविताः चल्लै चल्लाको देशबाट
म आकाश खस्छ भनी दौडिरहने चल्लो हुँ
प्रजातन्त्रको खोलबाट भर्खर भर्खर निस्केर
लोकतन्त्रका स साना ढुङ्गा
चपाउँदै फाल्दै र चपाउँदै
पूरा कुखुरा हुने रिले दौडमा छु
थाह छैन यो दौडको नियति
बेसारे चिल या घरकै बिराली
भर्खर भर्खर पलाएको…