कविताः फेरि एकपल्ट
फेरि एक पल्ट
फाटेको अण्डरप्यान्ट लाएर
आली-आली फिलिली दगुर्न मन छ
धोक्रो बोकेर
पाँउदुरेको उकालो हुँदै
देउरालीमा पुगेर बिसाउन मन छ
धोक्रेखोलाको भिर बाट
आफैतिर फर्कने गरी
सुइइअँ सुसेली हाल्न मन छ
तुर्के चउरमा केटाहरु सँग…