कविताः असार
सारा धर्ती चपल वयको हर्षले पुल्पुल्याई
बाजागाजा सगर बीचमा नादले गुन्गुनाई ।
वर्षा साथै कृषक जनमा मेघ सन्देश ल्यायो
मानो रोप्ने रहर बीचमा मास आषाढ आयो ।।
पृथ्वी सारा हरित हुँदछिन् प्रीतले रङ्ग भर्दा
सेता सेता बरफ असिना पग्लदै दङ्ग…