कविताः आउनोस् पार्टी खोलौँ
माटोले पनि पोल्न थालिसक्यो
ढुङ्गाले पनि बोल्न थालिसक्यो
हामीसँग चाहिँ छैन र क्षमता ?
लजाउँदै धकाउँदै परपर किन भाग्ने
कुण्ठा लुकाएर कतिन्जेल चुप लाग्ने
जम्मा भई चौतारामा आउनोस् अब बोलौँ
मिलौँ दुई-चार जना र एउटा पार्टी खोलौँ…