कमरेड! मलाई सजिलै मर्न दिनुस्
कमरेड !
भर्खरै मात्र मजदूरी गरेर घर फर्केको हुँ
थोरै भोक मार्न दिनोस, थोरै थकाई मार्न पाउँ
एकैछिन कमरेड
कृपया मेरो घर नभत्काई दिनोस्
कमरेड !
मैले मेरा छोरा छोरीहरु जनयुद्धमा गुमाएपछि
ऋणमाथि ऋण तिर्न नसकेर
घरबारबिहीन भएको हुँ…