साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

पोषण पाण्डे

पोषण पाण्डेको कथा : देवता रोज रोज अक्षता माग्छ

केदार गल्लीभित्र छिर्छ । चोकमा आइपुग्छ । सफा दर्शन ढुङ्गाले छापेको चोक । बीचमा दर्शन ढुङ्गाकै एउटा सानो देवल छ, जसको चारैतिर देवताका खाने मुखहरू कुँदिएका छन्‌ । देवताको मुख र निधारमा अक्षताहरू टाँसिएका छन्‌ । केदार चारैतिर नौलो आँखा…

निबन्ध : स्वप्न बिम्ब

ट्वाक ट्वाक !  यो मध्यरातमा कसले ढोकामा हिर्काइरहेछ । कहीँ चोर त होइन ? होइन होला, चोर ढोकाबाट किन आउँथ्यो । झ्यालबाट आउँछ नि ।  होइन, त्यो त पहिला पहिलाको चोर, अहिलेको प्रजातान्त्रिक चोर त ढोका ढकढकाएरै आउँछ । होइन मैले किन यस्तो…

पोषण पाण्डेको कथा : सपनाको प्रतीक

घले बूढो तमाखु खाइरहेछ। नजिकै उसको सात वर्षको नाति गोपाल एउटा सानो नर्कटको छेस्कोले माटोको डल्लामा हान्दै खेलिरहेछ। घले बुढोको सानो पिढीमा बिहानको कमलो घाम क्रमशः पोतिँदै गइरहेछ । 'तमाखु खाँदा-खाँदै घले नातिलाई भन्छ- “ए बाबु…

पोषण पाण्डेको कथा : एउटा सिपाहीको मृत्यु शय्यामा सलामी

हामी ठिटै थियौँ त्यति बेला । खानु खेल्नु, खेल्नु खानु यो बाहेक केही काम थिएन । यो र म प्रायः जङ्गलभित्र पस्थ्यौँ, त्यहाँ झाडी जङ्गलमा हाम्रा अनेक थरीका खेलहरू हुन्थे । खेल खेलमै सानातिना जनावरहरूलाई हामी हातैले समाउँथ्यौँ, अठ्याउँथ्यौँ…

पोषण पाण्डेको कथा : निषेधका फूलहरू

आरूको रूखबाट फूलहरू झर्छन्‌ । भुईंमा रंगीन फूलहरूका छाप अंकित हुँदै जान्छन्‌ । चेतको हावा लागेर त्यो रूखबाट फूलहरू वर्षा तुल्य झर्छन्‌ । रंगीन फूलहरूको बर्सात हुन्छ । गर्मीको त्यस प्रारंभिक तापमा शारदादेवी आफ्नु ज्यूभरि सेतो वस्त्र…

पोषण पाण्डेको कथा : राधेश्यामको साइकल

राधेश्यामको मन यसै यसै हडबडाउँछ – आज उसलाई  ट्युसनमा जान अबेर भैरहेछ । छिन–छिनमा हातको नाडीघडी हेर्छ र त्यसपछि ऊ पाउदानलाई जोर–जोरसँग चाल्छ । साइकल छिटो छिटो गतिले दगुर्न थाल्छ आवाज बगाउँदै – चुई, चुई, चुई, चुई... । बाटोमा राधेश्याम…

पाण्डेको जन्मजयन्ती मनाइयो

माघ १ गते वरिष्ठ साहित्यकार पोषण पाण्डेको ८९ जन्मजयन्ती र उहाँको नाममा स्थापना भएको पोषण पाण्डे तीर्थ सदनले दोस्रो वर्षमा प्रवेश गरेको दिन उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै पुस ३० गते एक कार्यक्रम आयोजना गरियो । कोरोनाको…

क्लासिक कथा : औँलाहरू

टुकुचामा साउनको भेल आइरहेछ । भेलमा मैलो फोहोर छाल बटारिँदै आउँछ । तिनमा ससाना बोट र असङ्ख्य पातपतिजङ्रहरु बग्दै आइरहेछन् । आकाशमा बादल ओहोरदोहोर गरी नै रहेछ । पानी कहिले जोरसँग दर्किन्छ, कहिले सिमसिम र कहिलेचाहिँ त टप्प नै बन्द हुन्छ…

यौनकथाः भिनाजुको स्वेटर

सविता उफ्रँदै–उफ्रँदै आई र शान्तिलाई भनी, “दिदी, ए दिदी ! भिनाजुले भन्या सिनेमा हेर्न जाने रे ?” “जान्न भन्दे जा,” शान्तिले सानो स्वर तर आवाजमा कठोरपना ल्याएर जवाफ दिइन् । सविता एक छिन अबोध चेहरा लिएर उभी, उभिरही । उसलाई…

पोषण पाण्डेको कविता संग्रह विमोचित

वरिष्ठ साहित्यकार पोषण पाण्डेद्वारा रचित कविता संग्रह "मेरी नैनी" को आज एक समारोह बीच प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे सहित विशिष्ट अतिथिहरू तुलसी भट्टराई, गोविन्दराज भट्टराई, भुवन ढुंगानाले एक समारोहका बीच विमोचन…