लाहुरे हुन् मेरो देशका नदी
पानी
यतिविध्न आत्तिँदै, अत्तालिँदै
रात–दिन नभनी
पहाड–जङ्गल नभनी
कुदिरहेको
उसको एक टुक्रा ठाउँको निम्ति हो ।
जसै उसले
आफू सजिलै अटिने
सजिलै अडिने
एक टुक्रा ठाउँ भेट्टाउँछ
ऊ चुप्प शान्त हुन्छ
उसका बेचैन लहरहरू मौन सुत्छ ।…