साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

पुण्य कार्की

निबन्ध : शून्यताको मोह

महाआकाशको पर शून्यतामा प्रकट भयो पृथ्वी । अहिले पनि आकाशको त्यही शून्य विन्दुमा लट्किरहेको छ । शून्यमा खुल्यो अङ्कको जादू शून्यबाटै सुविचारित भई उठे –सय, हजार, लाख, करोड, अरब, खरब, निल, पद्मका झल्झलाकार ज्योतिहरु । अस्तित्वमा शून्य…

पाकेको इँटा

गाउँमा एक जना दाजै छन् । कस्तै अवस्थामा पनि उनलाई विचलित बनेको देखेको छुइनँ । जस्तै संकटका घडीमा पनि उनी शान्त रहन्छन् । जस्तै विपतका घडीमा पनि उनी धीरज राख्छन् । उहाँको जीवनमा अनेकन शोकका घडीहरु आएका छन्, ती क्षणमा पनि उहाँलाई अकम्प…

निबन्ध : रामराज्यमा सीता

एकजना नेताजी नारी सभामा कस्सिई कस्सिई भाषण गरेको सुनेँ– “नारी जाति उठ्नुपर्छ । नारी जाति जुटनुपर्छ । यो देशमा रामराज्य ल्याउनुपर्छ । अबको समाज नारीको निम्ति रामराज्य बन्नुपर्छ । नारीहरुले कति उत्पीडन सहेर बस्ने ? नारी जातिले कहिलेसम्म…

आमा ! अब तिम्रै चरणमा रहेर सङ्घर्ष गर्नेछु

१ निको हुने कुनै छेकछन्द छैन गजगजी पाकिरहेछ घाउ । निको होस् पनि कसरी ? करङको भित्री भागमा गएर गोलीको छर्रा अड्किएको छ । जसलाई निकाल्न निकै जोखिमपूर्ण शल्यक्रियाको जरुरत छ भन्छन् डाक्टरहरू । फेरि आवश्यक खर्चपानीकै अभावमा गोलीका ती…

जीजिविषा

आँखा ओभाएका छैनन् नरमान र जमुनीका । उनीहरूको काख र कोखको पहिलो मुस्कान तीन वर्षको छोराले सधैँको लागि आँखा चिम्लिसकेको छ । भुइँचालो आएको बेला त्यो नानी घरको मूल ओछ्यानमा मस्त निद्रामा थियो । नरमान र जमुनी मकै गोड्न बारीमा पसेको थिए ।…

अर्धनग्न मानिस अचानक सहरमा झुल्केपछि …

“ए भाते ! किरा हो !! सुन ! कान खोलेर सुन ! भातका किराको काम बिहानदेखि बेलुकासम्मै एकपेट भातका निम्ति लडन्त–भिडन्त गर्ने हो । बल्लतल्ल बडामुस्किलले पेटमा भात घुसारेपछि मरिभन्द भाते निन्द्रामा घुर्ने हो । पेटको मेसिनले बाह्रपन्ध्र घण्टामै…

समय–सत्ता

समय एक अचुक ओखती । यही ओखतीले मलाई बचाइरहेछ । मनमा लागेका विदीर्ण घाउचोटलाई समयले नै मलमपट्टी गर्छ । समयको अनन्त प्रवाहमा पीडाहरुको आयु क्षणिक छ । चोटहरु अल्पकालीन समयका विम्बमात्र हुन् । ती विम्बहरुको आयु दीर्घकालीन हुँदैहुन्न । मनको…

निबन्ध : मगन्ते-वृत्ति

अन्न-वस्त्रको गरिबीभन्दा मनको गरिवी विकराल चर्को हुँदो रहेछ । विगत केही दिनदेखि त्यस खालका विसङ्गत दृश्यहरू देखिरहेछु । देश कोरोनाकहरमा छ । गाउँ र सहर लकडाउनमा बन्दी बनेका छन् । बस्ती-बस्तीमा भोकको आगो सल्किँदै छ । गरिबका चुलाहरू नियमित…

दक्षिणी सिक्किमको नाम्ची यात्रा

सिक्किमप्रति हृदयमा एक अनौठो अनुराग थियो । पूर्वोत्तर भारतको एक सुन्दर राज्य जहाँ ८०% भन्दा बढी नेपाली जातिहरु बसोबास गर्दछन् । त्यहाँ नेपाली भाषा संस्कृतिको बाहुल्यता छ । त्यहाँको राज्यसत्तामा पनि नेपाली जातिकै नेतृत्व, प्रभाव र पकड…

यात्रा-संस्मरण : सिमला यात्रा

करिब तीन महिनाअगाडि नै सिमला यात्राको टिकट बुक भैसकेको थियो । हिमाचल प्रदेशको राजधानी हो सिमला । ५५ हजार ६ सय त्रिहत्तर वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस प्रदेशमा भारतको ६०/६१ लाख जनसङ्ख्या बसोबास गर्दछन् । ७७.१ % प्रतिशत पहाडी र…