कविताः समय
पवन लामिछाने
कसैलाई थाहा छ?
समयभन्दा अगाडि
र
समयभन्दा पछाडि
कस्तो समय आउछ?
कसैलाई थाहा छ?
म्याद नाघेको ओखती,
कर्णालीले-
कति समयसम्म खान मिल्छ?
डाक्टरहरुले बिरामी मरेको
कति समयपछि
मृत घोषणा गर्न …