साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

नेपाली कथा

निस्तो आकाश

तिनीहरूले आपसमा साउती गरे । कुरा के थियो, सायद कसैले बुझेनन्‌ । तिनीहरू गम्भीर देखिन्थे । दुवै डराएका छन्‌ - सहजै अनुमान गर्ने सकिन्थ्यो । मानिसको भीड बढ्दै गयो । निर्णय अझै हुन सकेन । “यी त अन्याय भयो ।” चौकीदारले घाउ छोयो ।…

कथा : माई र तिउरीको लम्बरी सुन

‘हेर हेर... । काठमाडौं गएको एक वर्ष पनि पूरा हुन पाएको छैन, माथ्लोघरे गोले माईले घाँटी नै छपक्क छोप्ने गरी कति धेरै सुन लाएर गाउँमा आइपुगिन् है ।’ बिहानको खाजा एक बटुको जाँड आधिजस्तो एक स्वासमै स्वाट्टा तान्यो र राम्ररी घुटुक्क निल्न…

महाकवि देवकाेटाकाे कथा : मन र तन

।।क।। ‘‘ए हजूर ! खान पाइनँ भूतेले सिलटिम्मुर खायो हजूर ! शीताम्मे भो, गयो ! त्यसका मुखाँ पानी हाल्देऊ न हजूर ! गोडामा गाथ्यो छौँडो मोरो पक्र्या छु, हजूर ! त्यै मेरी गुर्मा यी काम त हो नि ! काली कल्चौँडी मोरी ! उसका पोइ ता भूता छन्,…

क्लासिक कथा : साल्गीको बलात्कृत आँसु

कानपुरको एउटा कहिल्यै घाम नछिर्ने कोठामा, पूर्वी झ्यालबाट बिहान हुनुको आभास बिस्तारै भित्र पस्छ । ध्याँसे उज्यालोमा देखिन्छ, एउटी तरुनीको अस्तव्यस्त लास जस्तो शरीर कोठाको कुनामा राखिएको खाटमाथि पल्टिएको छ। लाज उदाङगिएको उसको शरीरलाई…

कथा : छोड्न नसकेको अम्मल

२०६८ सालको फागुन महिना । विराटनगरको बस स्ट्याण्ड । म कोटको गोजीबाट बिहेको निम्तो कार्ड झिकेर हेर्दै जानुपर्ने ठाउँबारे फेरि पक्का हुन्छु र धरान जाने बस चढ्छु । देब्रेपट्टिको चौथो खाली सिटमा बस्छु । ‘जन्ती जाने मिति २०६८ साल फागुन १०’…

अशेष मल्लको कथा : पराजय

रातको दोस्रो प्रहर बित्यो । कुलबहादुरलाई अलिकति पनि निद्रा आएको छैन । घरी झ्यालमा जान्छ, झ्याल खोल्छ र बाहिर हेर्छ । बाहिर पूरै अन्धकार छ । गाउँको भोटे कुकुर घरीघरी भुकिरहेकै छ । झ्याउँकीरीको आवाजले पनि सन्नाटालाई चिरिरहेकै छ ।…

कथा : … अनि दुब्ले बाइले ठाकुर देवताको कसम खायो

‘लौन नि ! नानी उहाँको अनुहारमा पानी छ्यापिदेऊ ।’, घरका एक जना अभिभावकले अह्राउनेबित्तिकै वाइबा पाराङका ठूली छोरीले लोटामा पानी ल्याएर बाबाचाहिँको अनुहारमा पानी छम्किन थालिन् । चिसो पानी अनुहारमा परेपछि वाइबा पाराङ चलमलाएझैं भयो ।…