दोषी आत्मा
श्रीमान् यो न्यायालयले दोषी करार गरेर
काटिएपछि मेरो नामको पत्र
उपस्थित भएकी छु म एकपल्ट आज फेरि
यो न्यायालयको कठघरामा
जलाइएर बाँकी रहेका
मेरा केही अस्थिपञ्जरहरूलाई साथैमा लिएर
फैसला सुनाउनुभन्दा अगाडि
बिर्सिनु भयो कि श्रीमान् ?…