कविता- चिहानहरू
एकपटक रिहा भएको कैदी
अर्को अपराधको आरोपमा
पुनः कारागारमा फर्किएजस्तै ।
बल्लतल्ल पिँजडाबाट
फुत्किएको सुगा
फेरि सिकारीको पन्जामा परी
पिँजडामा थुनिएजस्तै ।
म फर्किएको छु त्यही बन्द कोठामा
थुनिएको छु उही पुरानै
शून्यताको ताल्चाभित्र…