कविता : नारी
ऋद्धिमा रिजाल
म एक नारी
न धर्तीकी हुँ न आकाशकी हुँ
आफ्नाले राख्दैनन्, पराईले स्वीकार्दैनन्
घर मेरो होइन, माइत मेरो भएन
न जलमा न जमिनमा न हावामा
मेरो अस्तित्व छ
न रहरहरूमा म रमाउन पाउँछु
न कर्तव्यहरूमा म अडिग रहन पाउँछु…