साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

दौँतरी दृष्टि

विश्वविमोहनको आकाश पाताल यात्रा

वि.सं २०३६ सालको "सडक कविता क्रान्ति" भर्खरै सकिएको थियो । भारतमा इन्दिरा गान्धीले लादेको सङ्कटकालको विरोधमा "नुक्कड कविता आन्दोलन" का सक्रिय सहभागी कवि डा. रविन्द्र राजहँस नेपाल आइपुगेका रहेछन्, सपरिवार । तिनले नेपालमा सडक कविता…

हरिहर अधिकारीबाट श्यामल

कालीमाटीको प्रहरी कार्यालय नजिकबाट पूर्वतर्फ जाने सानो गल्ली भित्रको छिँडीमा, म महिनाको ६० रुपैयाँमा डेरा गरेर वस्थेँ । त्यो डेरासँग धेरै साहित्यिक सम्झनाहरू गाँसिएका छन् । किनभने धेरै साहित्यकारहरू त्यो कोठामा आएका छन् । कतिसँगको परिचय…

प्रमोद प्रधानको एकलव्य यात्रा

वि.सं. २०३७ सालमा हुनुपर्छ म पहिलोपल्ट विराटनगर पुगेको । मलाई विराटगर पुऱ्याएको थियो मेरो जागिरले । म त्रिभुवन विश्वविद्यालयको आन्तरिक लेखा परीक्षण शाखामा काम गर्थेँ र त्यसै सिलसिलामा चितवनको रामपुर कृषि क्याम्पसदेखि इलाम क्याम्पससम्म…

अक्षरको खेतीमा रमाइरहेका किशोर पहाडी

जजसले अशेष मल्ल लिखित "अतिरिक्त आकाश" सडक नाटक हेरे, तिनको मनमा अझै पनि त्यो नाटकको नायकको सम्झना भएको हुनुपर्दछ । त्यो विशेष खालको भूमिका निर्वाह गर्ने खाइलाग्दो कलाकार कता हरायो भन्ने लागेको हुन सक्छ । दुई पात्रको त्यो नाटकमा मूल…

धनकुटाको तल्लो कोप्चेमा उदाएका चम्किला नक्षत्र

अमेरिकामा हिउँ परेको थियो । भर्जिनिया राज्यको आर्लिङ्टन सहरमा अवस्थित क्षेत्रीय पुस्तकालयको सभाकक्ष भने न्यानो थियो । न्यानो वातावरणमा न्याना कपडामा आफूलाई वेष्टित गरेका हलभरि नेपाली स्त्री पुरुष र बच्चाहरू एकाग्र भएर माइक हातमा लिएर…