सोचेको थिएँ, छोराछोरीलाई सुन्दर र अविस्मरणीय बाल्यकाल दिनेछु तर ….
"बाबा ! २९ गते आउन कत्ति दिन बाँकी छ ?" हरेक दिन छोरोले सोध्ने प्रश्न हो यो ।
त्यसअघि हरेक पटक बोल्दा "कहिले आउने बाबा ?" भनेर सोध्थ्यो । केही दिन अघि उसैले भन्यो, "बाबा दसैँमा आउनू है ।" मैले भनेँ, "ज्ञानी भएर बस्यो भने मात्रै म आउँछु…