तिहार विशेष गजल
पर्देशबाटै आशीष दिन्छु, आउन सकिनँ भाइ
यो सालमा भाइटीका लाउन सकिनँ भाइ।
बाध्यताको कमारो भई बाँच्न परेकोले
माइतीको सामीप्य पाउन सकिनँ भाइ।
सात समुद्र पारि छु म, मन मात्र नजिक
तिहार सम्झी मनखुशीले धाउन सकिनँ भाइ।…