लघुकथा : दाइको गाह्रो, भाउजूकाे मेकअप
झमक्कै साँझ परेको थियो । अफिसबाट आएर चियामात्रै पिउँदै थिएँ । पल्लो कोठा बस्ने भाउजू हस्याङफस्याङ गर्दै आएर एकैसासमा भनिन्, “लौ न भाइ, दाइलाई अचानक के भो, के भो ! फत्राक्क फत्राक्क गर्नुहुँदै छ । पेटको रोग थियो, तर यस्तो साह्रो त…