कविताः मान्छे गँडयौला भैदिएको भए
डा. विष्णु सुवेदी
म सोच्छु
मान्छे गँड्यौला जस्ता भैदिएको भए
मुटु बिनाका ती मान्छेहरू
बल्ल निस्फिक्री
माटो मात्रै खाएर बाँच्थे होला
धर्तिमा लुप्त भएर
एकनाशका घरभित्र
एक्ला एक्लै
न त दुःख न त सुख
जिउनुमै जीवन हाँक्थे…