कविताः साँच्चिकै विद्वान हुन् डा. बाबुराम
देशकै प्रमुख भइसकेकालाई पनि
काठमाडौंको प्रमुख बन्ने रहर हुन्छ
शायद काठमाडौं नेपालभन्दा ठूलो छ
नेपालभन्दा भव्य छ
नेपालभन्दा महान छ
नेपालभन्दा लोभलाग्दो छ
काठमाडौं विनम्र छ
उसलाई महान् बन्नु छैन
उसलाई त मात्र काठमाडौं बन्नु छ…