Browsing Tag
डा. बच्चु कैलाश कैनी
कविता: के रहेछ जिन्दगी !
डा. बच्चु कैलाश कैनी
आमाहरूका लागि
सन्तान रहेछ जिन्दगी
जसका लागि उनीहरू
आफ्नो जिन्दगी
समर्पण गर्छन्
धैर्य र साहसको उदाहरण
प्रस्तुत गर्छन्
दिन वा रात सन्तानकै लागि
प्रार्थना गर्छन्।
जित्नेहरूका लागि
कर्म रहेछ जिन्दगी…
गजल
डा. बच्चु कैलाश कैनी
किन गर्ने ढाँटछल यो जलेर जाने शरीर
लोभ पनि गर्ने हैन यो ढलेर जाने शरीर।
आजका युवा युवती भोलि बुढा हुन्छन्
फुर्ती गर्नु पर्दैन यो गलेर जाने शरीर ।
जिन्दगी हो नियमित प्रक्रियामा चल्दछ
जान्नुपर्छ मेसिन…
कविता: उही हो माया
डा. बच्चु कैलाश कैनी
यता शहर तिर
माया सांटनेहरुको लागि
भ्यालेन्टाइन डे आयो रे
हुने खानेहरूका लागि
उपहारको बहार नै छायो रे
खे के के हो के के डे को नाममा
प्रेमी प्रेमिकाको चहल पहल बढ्यो रे।
उता मेरो गाउँमा
माया गर्नेहरुको…
कथा- त्यो साँझ
“तिमी अब घर नजाने ?” मैले अर्को पेग अर्डर गरे पछि उसले सोधी ।
मैले भनेँ “जाने हो, तर तिमी सँगै निस्कने ।”
“म निस्कन अलि ढिला होला जस्तो छ,” उसले मुस्कुराउँदै भनी ।
मैले प्रतिप्रश्न गरेँ, “मभन्दा छिटो जानुपर्ने…
कथा- यात्रा
मेरो दैनिकी सधै उस्तै हुन्छ । बिहान सात बजे उठ्ने, आठ बजे घरबाट निस्कने र नौ बजे अफिस पुग्ने
। म एकदम नियमित छु मेरो दैनिकीमा । आज पनि केही फरक छैन ।लण्डनको हिउँद सधै उस्तै हुन्छ ।
चिसो हावा, बादल लाग्ने र धेरै जसो पानी पर्ने दिन । आज…
मुख टाल्नुस् हजुर
भ्रष्टविरुद्ध अभियान थाल्नुस् हजुर
देशमा आशाको दियो बाल्नुस् हजुर ।
बेथितिले देश नै खोक्रो हुन थाल्यो
अब समाजका किरा फाल्नुस् हजुर ।
यहाँ समयले कसैलाई पर्खनेवाला हैन
मौका छ सबैको मुख टाल्नुस् हजुर ।