कविता- कोसिस
कसको जीवनमा
दुःखले कत्ति ताप दिएको छ
सुखबाट कत्ति राप लिएको छ
सक्छ र नाप्न कसैले !
मुस्कानले दिन्छ हरदम सकारात्मक ऊर्जा
तर भित्री मनको भित्री अन्धकारलाई
देख्छ र कसैले !
रुनेहरू हाँसेर वार्ता गर्छन्
र रसाएका आँसु गहमै…