कौशिककाे गजल
हजारौँ गाउँला भन्थेँ गजल उनको मुहब्बतमा,
जरूर नै होउँला भन्थेँ सफल उनको मुहब्बतमा ।
नजाने कालको चर्खा कहाँदेखि कहाँसम्मन्,
रहूँला हरघडी भन्थेँ अटल उनको मुहब्बतमा ।
गहिरो चाहको रङले रङ्गाई तन-वदन लतपत,
हिउँझैँ होउँला भन्थेँ विमल…