एउटा जङ्गलमा भोका स्याल र ब्वाँसा सिकारको खोजीमा टहलिइरहेका हुन्छन्।टहल्दाटहल्दै एउटा मोटो सिकार भेट्टाउँछन्। दुईतिरबाट आक्रमण गरेर दुवैले सिकार आफ्नोकब्जामा पार्छन्।सिकार हात पारेपछि आपसमा मिलेर खाउँ भन्ने भावना दुवैमा हराउँछ। स्याललेसिकार एक्लै हत्याउने दाउ रच्छ। ब्वासाले पनि एकलौटी पार्ने जाल बुन्न थाल्छ। सिकारको विषयमा दुवैबीच हानाथाप हुनथल्छ। दुवै भित्रभित्रै षड्यन्त्र रच्न थाल्छन्।दुवैबीच भिडन्त हुनथाल्छ । सिकारको लोभमा चिलगिद्धहरू पनि कोही स्याल त कोही ब्वाँसाका पक्षलिएर भिडन्तमा उत्रिन्छन्।दुवै पक्षबीच घमासान भिडन्त चल्छ। टाढा बसेर सिंह दुवैको भिडन्तको दृश्य हेरिरहेको हुन्छ। उसमा स्याल र ब्वासा दुवैलाईआआफ्नो पूर्ववत् हैसियत देखाउने र आफ्नो न्यायिक शक्तिको सर्वोच्चता प्रदर्शन गर्ने उत्कण्ठाजागृत हुन्छ।फलस्वरूप उसले सिकारलाई एउटा रूखको बीचमा लगेर राखिदिन्छ र भिडन्तकोचर्तिकला हेर्न थाल्छ। भिडन्तपछि स्याल र ब्वाँसा दुवैले राखेको ठाउँमा सिकार भेट्दैनन्। सिकार खोज्नथाल्छन्।चारैतिर खोज्दा पनि नभेटेपछि पुर्पुरो कन्याउँदै माथितिर हेर्दा सिकार त रूखमा बसेरचितुवाले मज्जासँग खाइरहेको देख्छन्।
पूरै पढ्नुहोस् →