म खोज्दैछु
मेरो हाँसो भित्रको दुःख बुझ्ने
मेरो रीसभित्र माया देख्ने
अनि मेरो मौनता भित्रको कारण खोतल्ने
मान्छे
अनि
म सोच्दैछु
कोही त होला मलाई पनि भन्ने
तिम्रो भित्रको दुःख म बुझ्छु
तिम्रो भित्रको माया म देख्छु
इशारा…
यो समाजमा विभिन्न कारणले
मानव कहलिएको छु
मानवरुपी परिचय नै मैले दिएको छु
तर पनि यो स्वार्थी संसारमा मानव हुँ
भन्न खोज्दा शब्द नै ओठबाट टाढा भाग्छ
त्यसैले त आज म मानव हुँ भन्न डर लाग्छ ।
यो जीवनमा
एक मुठ्ठी सास कहिले सम्म थाहा…
कसैले भने
मैले पनि सुनेँ
अब आँसु खस्दैनन् रे
रगत पनि बग्दैनन् रे
तर बिडम्बना
आज मलाई पल्ला घरका
छिमेकीले चिथोरी रहेछ
म निःशब्द भई थर थर काम्दै
आँखा भर्दैछ
ज्यान असिनाले पिटेको गोलभेडाझैँ थिलो थिलो भई
पूरै शरीर रगतले भरी रहेछ…