साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

कविता

कविता- बलात्कृत प्रमाण

सानो कोपिला, फुल्न र फक्रिन नपाउँदै प्रेमको नाटक गरेर नजिकिएको हो लोभी भवँरो खुलेर मग्मगाउन नपाउँदै फुलेर जग्मगाउन नभ्याउँदै लुटिएको हो रङ्ग अनि रस विश्वासको जग भत्किएपछि ढलेको हो आशाको सगरमाथा गर्ल्याम्मै यसर्थ चर्किएको छ…

कविता- सम्बन्ध

खै यो सम्बन्ध भन्ने कुरा पनि बडो अनौठो छ कतिपय सम्बन्धमा सब बन्ध देख्छु । न जोडिन सकेको न तोडिन सकेको सम्बन्ध पनि त छन् अनेकन् तिमी कसारको कडापनसँग सम्बन्धको मजबुती कसरी आँकलन गर्न सक्छौ ?? गन्तव्य शववाहनलाई…

कविता-अस्विकृत स्वीकारोक्ति !!

मेरा वरिपरि टन्न मान्छेहरू छन् । म गन्न सक्दिनँ कारण चाहना छैन । म बस् बोल्छु सुन्न सक्नुहुन्छ सुन्नुस् । मान्छेहरू चाख मानेर सुन्दै थिए । म भाषण गर्दै त छैन,एक मन भन्थ्यो। म पानीभित्र गएर पनि भिज्न सकिनँ आगाभित्र पसेर पनि जल्न…

कविता- म के गरुँ ?

म सुझाव दिन्छु, तिमी गाली सम्झिन्छौ त म के गरुँ ? म भलो चिताउँछु, तिमी दुष्टता सोच्छौ त म के गरुँ ? म प्रशंसा गर्छु, तिमी खिल्ली उडाको मान्छौ त म के गरुँ ? म ब्यङ्गय गर्छु, तिमी सोझो अर्थमा बुझ्छौ त म के गरुँ ? म सिकौं भन्छु,…

कविता- भद्र मान्छे

एउटा भद्र र गम्भिर मान्छे ऊ, रातभरि, जातीय विभेदको कथा लेख्छ र भेरीको डिलमा बसेर मायामा मृत्यु साट्नेहरूलाई निर्दयी मान्छेको कथा सुनाउँछ । उसका कथाहरू अनौठा हुन्छन् त्यहाँ, बुद्ध बन्दुक बोकेर दौडन्छ अनि हिट्लर शान्ति वार्तामा…

छन्द कविता- …कहाँ छ र ?

रित्तियो प्रेम आँखामा माया छैन छ वासना भए यान्त्रिक यी मान्छे मुटु छैन र चेतना नक्कलीपनमा रम्छन् सत्यता खै कहाँ छ र ? बोल्दैनन् कर्मले मान्छे धाक सच्चा कहाँ छ र ? हजारौँ फल उस्तै छन् बोट भिन्नै भए पनि सन्तान भिन्नभिन्नै छन् आमा…

कविता- मूल्यशून्य म

न मेरो कुनै आफ्नो  परिचय छ न  कुनै  कर्म  छ मेरो आफ्नो भन्ने बुढा बा बाहेक कोही छैन् खाइ फालेको क्याटबरीको आवरण जस्तै सफाइ वालाले वढारी फालिन्छु कुनै डम्पिङ साइडमा स्वच्छ,सफाइको नाममा  सुन्दरताको नाममा मूल्य हिनको  नाममा…

कविता- अन्तिम नाम

भेट्टायो आँखैमा बिलाउने तस्वीर उसले हेर्यो नजिकबाट जुम इन् गर्यो, अझ नजिकबाट हेर्यो डुलायो आँखा तस्वीरका एकएक अङ्गहरुमा आँखा हेर्यो अनायासै उसलाई गाजल हुन मन लाग्यो निधार हेर्यो टीका बन्न मन लाग्यो ओँठमा आँखा लगायो लिपिस्टिक…

कविता- आँखा फुटायौ किन ?

------------------------ आयो एक वुहानबाट  दुनियाँ, झस्केर भाग्यो घर सारा जीवन हेर बेखबर छन्, चस्केर लाग्यो डर को हो मालिक लौन भाइरसको, पर्दा उठायौ किन? चस्मा छैन कि देखिदैन किन हो, आँखा फुटायौ किन?…

कविता- तिमी बर्सिरहदाँ

म खोज्दै थिए भर्खर उदाएका सुर्यका बिम्बहरूलाई तिमीलाई आकाशमा घुम्न नपाउदै हजारौं बादलहरूले छोपिदिए र बर्षायौ अनेकौं आक्रोशहरू हेर त मेरो सहर , तिम्रै आँसुको बर्षाहरूले निथ्रुकै भिजेका छन् हरेक दिन,रात कहिल्यै नसुक्ने…