Chovar Blues Mobile Size

अध्याय – छब्बीस

भोलिपल्ट साँझ म आफ्नो काम सिध्याएर त्यहाँ पुग्दा फुच्चे राजकुमार कसैसित कुरा गर्दै बसेको टाढैबाट देखेँ । यद्यपि त्यो कोसँग कुरा गरिरहेको थियो मैले चिनिन ।

फुच्चे राजकुमार पर्खालमाथि खुट्टा हल्लाउँदै बसिरहेको थियो ।

म पर्खालको नजिकै पुग्दा राजकुमार भन्दै थियो, ‘अवश्य ! बालुवामा मेरो पदचिन्ह कहाँबाट शुरू हुन्छ भन्ने तिमीले देख्नेछौं । तिमी मेरो प्रतीक्षा गरी बस | आज राती म त्यहाँ आइपुग्छु ।

अलिबेर चुप लागेपछि फुच्चे राजकुमारले भन्यो, “तिमीसित राम्रै विष छ हैन ? धेरै बेर त तड्पाउँदैनौं होला नि मलाई ?” अब जानुस्‌ मलाई पर्खालबाट ओर्लिन मन लाग्यो ।

त्यति नै बेला मैले एउटा पहेँलो सर्प देखेँ, जसले तीस सेकेण्डभित्रै मान्छेलाई डसेर मार्न्र सक्थ्यो । म सर्प मार्न रिभल्भर निकाल्दै थिएँ, ऊ बालुवाभित्र हराइहाल्यो |

फुच्चे राजकुमार पर्खालबाट हामफाल्दा मैले अँगालोमा लिएँ । उसको अनुहार हिँउजस्तै सेतो थियो |

मैले भने, “तिमी किन सर्पसँग कुरा गरिरहेको ?”

फुच्चे राजकुमारले केही नबोलिकन आफ्नो हातले मेरो घाँटीमा बेरेर अँगाल्यो |

फुच्चे राजकुमारले भन्यो, “म आज आफ्नो घर फर्किंदै छु । तिमी पनि त जाँदै छौ क्यारे ।”

‘मैले इञ्जिन मर्मत गरिसके भन्ने कुरा कसरी थाहा भयो तिमीलाई ?” मैले भनेँ |

फुच्चे राजकुमारले भन्यो, “तिम्रो अनुहारले ।”

फुच्चे राजकुमारले फेरि भन्यो, “म आज घर फर्किँदै छु । धेरै टाढा छ मेरो घर, मसँग तपाईंको भेडा, बाकस र मुखमा लगाउने ठेडी छ ।’ भन्दै फुच्चे राजकुमार मधुरो मुस्कानले हाँस्थे । मेरो लागि उसको मुस्कान मरूभूमि भेटेको झरनाले जस्तै शीतलता प्रदान गरिरहेको महसूस हुन्थ्यो ।

म उसलाई छोड्न चाहन्नथैँ । त्यसैले मैले भनेँ, म एकचोटि तिमी हाँसेको हेर्न चाहन्छु ।“ तर उसले भन्यो, “म पृथ्वीमा ओर्लेको आज राती एक वर्ष पुग्दै छ ।

म अझै उसलाई छाड्ने पक्षमा थिइन । फुच्चे राजकुमारले मलाई एउटा उपहार दिँदै भन्यो, ‘राती तिमी आकासमा तारा देख्नेछौ । मेरो घर तिनै तारामध्ये एक हुनेछ | तिमीले देखेका सम्पूर्ण तारा तिम्रा साथी हुनेछन्‌ । ती तारामध्ये एउटा तारामा म हाँसिरहेको हुनेछु । तिमीलाई यस्तो लाग्नेछ मानौं सबै तारा हाँसिरहेछन्‌ ।“

आकाशमा भएका ताराहरू सबैका लागि उस्तै हुँदैनन्‌ । यात्रीको लागि तारा पथप्रदर्शक हो । विद्धानको लागि समस्या हुन भने व्यापारीको लागि सम्पत्ति । वास्तवमा तारा मौन छ | तपाईंसँग मात्र अरू कसैसँग नभएको तारा हुने छन्‌ . . . ।”

मैले भने, ‘तिमी के भन्न खोज्दै छौं ?

उसले भन्यो, ‘म ती ताराहरू मध्ये एउटा तारामा बस्ने छु तपाईंको लागि हाँसिरहने छु । जुन तिमीले अनुभव गर्न सक्छन्‌ ।

जब तिमी उदास हुनेछौ मलाई आकाशमा हेर्ने गर्नु तिमीलाई केही सन्तोष लाग्नेछ । तिमी सदैव मेरो साथी बन्नेछौ । मसितै हाँस्न मन लाग्नेछ तिमीलाई | जीवनदेखि निराश भएको बेला आफ्नो झ्याल खोलेर आकाशका तारा हेर्दै हाँस्ने गर्नु | तिम्रो साथीलाई देखेर तिमी बडो आश्चर्यमा पर्नेछौ । तिमीले भन्नेछौ, “तारा देख्दा मलाई खुसी लाग्छ । अरूहरूले तिमीलाई पागल ठान्नेछन्‌ ।”

त्यसपछि फुच्चे राजकुमार चुप लाग्यो ।

अलिबेर गम्भीर भएर फुच्चे राजकुमारले भन्यो, ‘आज राती तिमी नआउनु, बुझ्यौ ?”

‘म तिमीलाई छाडेर कहीँ जान्न ।” मैले भनेँ ।

फुच्चे राजकुमारले भन्यो, “मलाई बडो पीडा भईरहेको छ, मर्छु होला सायद आज म त ।

‘म तिमीलाई छाडेर कहीँ जान सक्दिन ।’ मैले फेरि दोहोर्याएँ ।

फुच्चे राजकुमार केही नभनीकन हिँड्न थाल्यो | जब मैले उसलाई भेट्नै आँटेको थिएँ | ऊ त बडो दृढताका साथ तीब्र गतिमा अघि बढ्दै गयो |

उसले मलाई देखेपछि यति मात्रै भन्यो, “अरे, तिमी यहाँ . . . ।”

फुच्चे राजकुमारले मेरो हात समातेर बडो रूञ्चे स्वरमा भन्यो, “मेरो पछि लागेर गल्ती गर्यौ तिमीले । तिमीले दुःख पाउनेछौ । म मरेजस्तै देखिनेछु तर त्यो साँचो हुनेछैन ।“

म मौन भएँ ।

“धेरै टाढा छ मेरो घर । मेरो शरीर ज्यादै गह्रौँ छ, बुझ्यौ ?” फुच्चे राजकुमारले भन्यो ।

फेरि मौन रहेँ म ।

“पुरानो त्यागिएको सिरकको खोल जस्तै देखिनेछ ।“ फुच्चे राजकुमारले भन्यो ।

म चुप लागेँ ।

अन्ततः उ बस्यो अनि भन्न थाल्यो, “तिमीलाई थाहा छ नि . . . फूल मेरो सबैभन्दा प्रिय ।”

म उसप्रति जिम्मेदार छु ! निकै कमजोर छ मेरो फूल ! साथै सिधासादा पनि | चारवटा काँढा छन्‌ तापनि संसारबाट ऊ सुरक्षित छैन ।

म बसेँ किनभने उभिन सक्ने सामर्थ्य ममा रहेन | फुच्चे राजकुमारले भन्यो, “ल, मेरो कथा यत्ति हो !

फुच्चे राजकुमार फेरि बडो मुस्किलले उठ्यो । एक पाइला अघि बढ्यो तर हलचल गर्न सकेन |

फुच्चे राजकुमारको गोलीगाँठो नजिकै एउटा पहँलो खालको उज्यालो देखियो । क्षणभरका लागि खडा भयो ऊ |


फुच्चे राजकुमार चिच्चाएन, जसरी एउटा रूख लड्यो त्यसैगरी बिस्तारै ऊ पनि ढल्यो । बालुवाले गर्दा ऊ लडेको आवाजसम्म आएन ।