भागः २५, अंशः ५ 

जब म उसको जवाफ कुर्दै थिएँ, मलाई धेरै बर्ष अगाडिको जाडोको एउटा दिनको सम्झना आयो, जति बेला हसन र म एउटा नाङ्गो चेरीको रूखको फेदमा बसेका थियौँ । त्यस दिन मैले हसनसँग एउटा साह्रै निष्ठुरी खेल खेलेका थिएँ । मैले उसलाई जिस्क्याउँदै मप्रति तेरो बफादारिता पुष्टि गर्न “मैले भनेँ भने तैले आची खान सक्छस्‌ त ?” भनेर सोधेको थिएँ । अहिले सूक्ष्म निरीक्षणभित्र म परेको छु । म त्यो व्यक्ति हुँ जसले आफ्नो इमानदारिता पुष्टि गर्नुपर्ने छ । मैले त्यो गर्नुनै छ। म यसको लायक छु ।

शोहरब कोल्टे फर्केर ढाड मतिर फर्कायो | धेरै बेर उसले केही पनि भनेन । अनि जब मैले ऊ त निदाएछ क्यारे भन्ने ठानेको त उसले रून्चे स्वरमा पो भन्यो, “म धेरै खास्ता भएको छु,” मतलब म धेरै थाकेको छु ।

र ननिदाउन्जेल म उसकै खाटको छेउमा बसेँ । शोहरब र मेरो बीचबाट केही चील हराएको थियो | मैले त्यो वकिल ओमार फैसलसँग भेट नुहन्जेलसम्म लजालु पाहुनाको जस्तै शोहरबको आँखामा आशाको किरण पस्न सुरू गरेको थियो । अहिले त्यो किरण थिएन, पाहुना भागिसकेको थियो र मैले आश्वर्य मान्दै अब त्यो पाहुना फर्केर आउने साहस गर्ला कि नगर्ला भनेर सोचेँ । अब फेरि शोहरब मुस्कुराउनुभन्दा कति बेर अघि त्यस्तो होला भनेर चकित हुँदै सोचेँ । शोहरबले ममाथि विश्वास गर्नुभन्दा अगावै त्यस्तो होला नहोला ? कहिल्यै त्यस्तो होला नहोला भनेर छक्क पर्दै सोचेँ ।

त्यसैले म बाहिर निस्के र अर्को होटेलको खोजीमा लागेँ । मैले शोहरबको मुखबाट फेरि अर्को शब्द सुन्नु अघि एक बर्ष बित्ने छ भन्ने कुराको मलाई ख्यालै भएन |

अन्ततागत्वा शोहरबले मेरो प्रस्ताव स्वीकारै गरेन । न त उसले इनकार नै गर्यो तर उसलाई थाहा थियो कि जब ती पट्टिहरू खोलिने छन्‌ र हस्पिटलको लुगा फर्काइनेछ छ मात्र एउटा अर्को बेघरबार अनाथ हजारा हुनेछ । उससँग अर्को के नै उपाय थियो र ? र कहाँ जान सक्थ्यो र ? त्यसैले मैले उसको “एस’ उत्तरमा वास्तवमै चुपचाप आत्मसमर्पण देखेको थिएँ । त्यसमा धेरै स्वीकारोक्तिको भाव भन्दा पनि एउटा निर्णय नै लिन नसक्ने गरी निराश र विश्वासै गर्न पनि नसक्ने गरी थाकेको मान्छेको जस्तै हातखुट्टा छोडेको भाव थियो । उसको उत्कट अभिलासा त्यही पुरानो जीवनामा थियो । उसले त्यसको साटो पायो के त भन्दा म र अमेरिका । सबै कुरा विचार गरेर ल्याउँदा उसको भाग्य नराम्रो रहेछ भन्ने चाहिँ होइन, तर मैले उसलाई त्यो भन्न सकिनँ । जब दिमागमा एकनासले नराम्रा विचारहरूले ढ्याङ्ग्रो ठोकिरहन्छ, सुदुर र सफल भविष्यको कल्पना पनि आनन्ददायी हुन्छ ।

र यो त्यस्तै भयो । लगभग एक हप्ता पछि हामीले एउटा सानो तातो पिच बाटो काट्यौँ र मैले हसनको छोरोलाई गन्जागोलको निश्चितताबाट उचालेर गन्जागोलको अनिश्चिततामा खसाल्न अफगानिस्तानबाट अमेरिका लिएर आएँ ।

एकदिन सायद त्यो सन्‌ १९८३ वा १९८४ तिर हो, म फ्रिमोन्टको एउटा भिडियो स्टोरमा थिएँ । म त्यही पश्चिमेलीहरूको सेक्सनमा उभिइरहेको थिएँ जति बेला ठ- इलेभन कपमा कोक चुस्दै गरेको मेरो छेउको एकजना मान्छेले द म्याग्नीफीसेन्ट सेभैनतिर देखाउँदै मैले त्यो फिलिम हेरेको छु कि छैन भनेर सोध्यो । ‘हेरेको छु, तेह्र पटक’ मैले भनेँ । “फिलिममा चार्ल्स ब्रोनसोन मर्छ र त्यस्तै जेम्स कोबर्न र रोवर्ट भाँ पनि मर्छन्‌ ।’ उसले नाक खुम्च्याएर मलाई हेर्यो मानौँ कि मैले उसको सोडामा थुकिदिएको थिएँ । “धेरै धेरै धन्यवाद साथी, जाँदै गर्दा टाउको हल्लाएर केही भुत्भुतउँदै उसले भन्यो । त्यो कुरा मैले त्यति बेलै सिकेँ । कुरा के भने अमेरिकामा फिलिमको अन्त्य कसरी हुन्छ भन्ने कुरा भन्न हुँदैन र यदि कसैले भन्यो भने मान्छेले त्यसलाई घृणा गर्छ र फिलिमको अन्त्यको रहस्य खोलिदिएर फिलिमप्रतिको मोह भङ्ग गरिदिएको पापका लागि धेरै पटक माफी माग्न बाध्य पारिन्छ ।

तर अफगानिस्तानमा फिलिमको अन्त्य नै सबैभन्दा ठूलो कुरा हो । जब हसन र म सिनेमा जैनाबमा एउटा हिन्दी फिलिम हेरेर घर आयौँ, अलि, बाबा, रहिम खान वा बाबाका अनेकौं साथीहरू अनि घरभित्र बाहिर गरिरहेका आमाचेला, मामाचेला, फुपूचेला, सबैले मात्र यति जान्न चाहन्थे : के त्यो फिलिमको केटीले खुसी पाई त ? के त्यो फिलिमको बच्चाहरू आफ्नो सपना पूरा गर्न सफल भयो त ? अथवा के त्यो नाहकाम (Nah-Kam) ले असफलताको पाठ सिकेन त ?

उनीहरू जान्न चाहन्थे कि अन्त्यमा खुसी थियो थिएन ।

यदि कसैले मलाई आज त्यो हसन, मेरो र शोहरबको कथाको सुखद अन्त्य हुन्छ कि हुँदैन भनेर सोध्यो भने उत्तर के दिने हो म जान्दिनथैँ ।

अरूको झन्‌ कसरी जान्नु ?

जे होस्‌, जीवन भनेको हिन्दी सिनेमा होइन | “जेन्दगी मिगजारा,” अफगानीहरू भन्न रूचाउँछन्‌ । जिन्दगी चलिरहन्छ । सुरू कसरी भयो, अन्त्य कसरी हुन्छ, कामयाब, नाह काम, संकट होस्‌ या कथार्सिस, कोचीहरूको धूलो उडाउँदै जाने क्याराभान जस्तै जीवन अगाडि बढिरहन्छ |

त्यो प्रश्नको उत्तर कसरी दिने म जान्दिनथेँ । गत आइतबारको सानो जादुको अलावा पनि उत्तर मलाई थाहा थिएन ।

हामी घर आइपुगेको करिब सात महिना अघि सन्‌ २००१ को अगस्तको एउटा न्यानो दिन हो । शोराया हामीलाई लिन विमानस्थल गएकी थिइन्‌ । म यति लामो समय शोरायासँगबाट कहिल्यै पनि छुट्टिएको थिइनँ । जब उनले मलाई अङ्गालो मारिन्‌ र मैले उनको कपालबाट स्याउको बास आएको थाहा पाएँ अनि बल्ल मैले बुझेँ मलाई उनको कति न्यास्रो लागेको रहेछ । “मेरो एल्दा (Yelda) का लागि अझै पनि झुल्के घाम जस्तै छौ, मैले उनको कानमा सुस्तरी भनेँ ।

“के भनेको ?’

गाह्रो नमान ।’ मैले उनको कानमा चुम्बन गरेँ ।

उनले निहुरिएर शोहरबको आँखामा हेरिन्‌ । उसको हात समातेर मुसुक्क हाँसिन्‌ । “सलाम, शोहरब जान, म तिम्रो खाला शोराया हो । हामी सबैले तिमीलाई पर्खेर बसेका थियौँ ।

रसिला आँखा लिएर उनले मुसुक्क हाँसेर शोहरबलाई हेरिरहेको देख्दा यदि उनको आफ्नै कोखले धोका नदिएको भए उनी कस्ती आमा हुन सक्थिन भन्ने कुराको मैले छनक पाएँ |

शोहरबले गोडाको भर फेरेर पर हेरिरह्यो ।

शोरायाले चोटाको स्टडी रूमलाई शोहरबको लागि सुत्ने कोठा बनाएकी थिइन्‌ | उनले शोहरबलाई डोर्याएर भित्र लगिन्‌ र ऊ ओछ्यानको छेउमा बस्यो । तन्नामा गाढा नीलो आकाशमा चम्किलो रङका चङ्गाहरू उडिरहेको चित्र थियो । उनले त्यो भित्ताको खोपीको छेवैमा खोपेर बच्चाको उमेर अनुसार बढे नबढेको हेर्नलाई फिट र इन्चको नापो बनाएकी थिइन्‌ | खाटको खुट्टाको छेवैमा मैले एउटा किताबहरू, एउटा खेलाउने गाडी र वाटरकलरको सेटले टन्न भरिएको बेतको टोकरी देखेँ ।

शोहरबले सादा सेतो टिसर्ट र हामी ईश्लामाबादबाट हिँड्नुभन्दा ठीक अगाडि मैले किनिदिएको जिन्स लगाएको थियो | सर्ट उसको त्यो हङ्डीमात्रै देखिने घ्‌याच्च बसेको कुममा लत्रक्क झुन्डिएको थियो । उसका आँखा वरिपरिको कालो घेरो अलिकति उज्यालो हुनुभन्दा बाहेक उसको अनुहारमा अझै रङ चढेको थिएन । हस्पिटलको अर्दलीले उसको अगाडि राखिदिएको त्यो उसिनाको चामलको भातको प्लेटलाई उसले जसरी हेरैको थियो, हामीलाई पनि त्यसै गरी रिसाएर हेरिरहेको थियो ।

शोरायाले उसलाई कोठा मन पर्यो कि परेन भनेर सोधिन्‌ । भैले थाहा पाएँ कि उनले शोहरबको नाडीलाई देख्न नपरे हुन्थ्यो जस्तो गर्दै थिइन्‌ र आँखा पर पर त्यही रातो र बाङ्गो टेढो दागहरूतिर डुलाउँदै थिइन्‌ । शोहरबले टाउको तल गर्यो । आफ्ना हातहरू तिघ्रा मुन्तिर लुकायो र चुपचाप बस्यो । अनि उसले मात्रै टाउको अड्यायो । पाँच मिनेटभन्दा अलि कम समयपछि शोराया र मैले ढोकाबाट चियाउँदै थियौँ भने ऊ निदाएर घुरी रहेको थियो ।

क्रमश…

नोटः उपन्यासको यो भाग धेरै लामो भएकोले यस्लाई अंश अंशमा विभाजन गरेका छौँ, धन्यवाद ।