प्रेम गर्नुबाहेक तिमीलाई प्रेम गर्नुको कुनै कारण छैन

प्रेम गर्नुबाहेक तिमीलाई प्रेम गार्नुको कुनै कारण छैन
जब म तिमीलाई प्रेम गर्दा, र नगर्दा बीचको अन्तर जोख्दछु
तिमीलाई पर्खँदा र नपर्खँदा बीचको दुरी नाप्दछु
मेरो हृदय हिउँ र आगो बीच ओहोरदोहोर गर्न थाल्छ ।

मैले प्रेम गरेकी केवल तिमी हौ,
त्यसैले तिमीलाई प्रेम गर्छु ।

म तिमीलाई भनिनसक्नुको घृणा गरिहेर्छु,
र फेरि तिमी प्रति समर्पित भई हेर्दछु ।
मेरो फेरिँदै गएको तिमीप्रतिको प्रेमको तूलोले देखाउँछ-
घृणाले तिम्रो अनुहारै नहेर्ने हुँदा पनि
म तिमीलाई खपिनसक्नुको माया गर्दोरहेछु ।

हुन त
पुसका घामको छुच्चो किरणले
मेरो कोमलाताको साँचो चोरेर
मेरो हृदयलाई खाइदिएको पनि हुन सक्छ ।

कथाको यस अध्यायमा
मर्ने
म, र केवल म नै हुँ

तिमीलाई खपिनसक्नुको प्रेम गरेर
प्रेममा मर्छु। .

म तिमीलाई प्रेम गर्छु,
प्रेम
नशानशा, रोमरोम भित्रदेखिको प्रेम ।