जोन बेनभिलले

 

बाल साहित्यमा घृणित प्रवृत्ति सिर्जना भएको छ ।

७६ वर्षीया बेन्जामिन ब्ल्याकले सात अपराध उपन्यासहरूसहित अन्य २६ पुस्तकहरू लेखेका छन् । उनको नयाँ उपन्यास, ‘द सिङ्गुलरिटीज’लाई ग्रिसेली देवताको मिथकीयतालाई वर्तमान समयसँग गाँसेर लेखिएको छ । द इन्फिनिटिज (२००९) भने एउटा उत्तर आधुनिक कथा हो । यसमा उनका अघिल्ला पुस्तकहरूका पात्रहरूको क्रियाकलाप पनि समावेश छ । फ्रेडी मोन्टगोमेरी भन्ने हत्याराले १९८९ मा गरेको क्रियाकलाप वर्णन गरेको छ । बेलायतको वेक्सफोर्डमा जन्मे हुर्केका बनभिलले द सीका लागि २००५ मा बुकर पुरस्कार जितेका थिए । पुरस्कार जितेको एक वर्षपछि उनले भने, “कलात्मकताको जीत पाउँदा खुसी लाग्यो ।”

के कारणले तपाईँलाई आफ्ना अघिल्लो उपन्यास द सिङ्गुलरिटीजमा पुन: अवलोकन गर्न प्रेरित गर्‍यो ?

जतिजति पुस्तक अगाडि बढ्दै गयो, म झन् बढी सचेत थिएँ कि यो एउटा सारांश हो। म पक्का छु, मैले लेखेको अपराध कथाको यो मेरो अन्तिम पुस्तक हुनेछ । व्यावहारिक रूपमा मेरा सबै उपन्यासहरू अपराध कथामा आधारित छन् । मैले वर्षौंदेखि मन पराएका धेरै लेखकहरू पनि त्यहाँ छन्। अब मेरो यस्तो लेखनीलाई “फुल स्टप” लगाउन चाहन्छु । अब म आफैँलाई यो जस्तै अर्को उपन्यास लेख्न चाहन्नँ । किनकि यो उपन्यास लेख्न मलाई पाँच वा छ वर्ष लाग्यो । अहिले म बुढो पनि भएँ । शृंखलामा आधारित उपन्यास लेख्नुभन्दा फुटकर लेख्नमा मजा आउन थालेको छ ।

केले तपाईँलाई गैर-अपराध उपन्यासहरू लेख्न गाह्रो बनाउँछ ?

एक त अपराध कथाको साथमा जोडिएका धेरै सामग्रीहरू छन् । आफ्नै अपराध, पात्रहरू, प्रेरणा, संवाद र षड्यन्त्र । यी चीजहरू मेरो गैरअपराध पुस्तकमा राख्न मलाई उचित लाग्दैन । बरू ती सबैलाई सम्भवतः एक विशाल भोल्युममा सँगै राख्न सकिन्छ – मलाई शंका छ कि तिनीहरू साँच्चै एउटा मात्र पुस्तक हुन् । जसलाई मैले सही गर्न खोजेको छु । यी वर्षहरूमा मैले संसारको सतह कस्तो देखिन्छ, कस्तो लाग्छ, स्वाद कस्तो छ, गन्ध कस्तो छ भन्ने बुझाउन खोज्दैछु। मलाई अनावश्यक चीजहरूको बारेमा लेख्न रुचि छैन । प्रत्येक उपन्याससँग केही अन्तरदृष्टि वा संगीतको क्षणहरू छन् । जहाँ मलाई लाग्छ, केही आपराधिक परियोजना यसको लागि सार्थक थियो। तर सामान्यतया मैले देख्ने सबै गल्तीहरू हुन्। मेरा पुस्तकहरूलाई म फर्केर हेर्न चाहन्नँ । हेरेँ भनें, म लगभग बिरामी नै हुन्छु होला । यसकारण म यसलाई फर्केर हेर्न घृणा गर्छु।

तापनि सिङ्गुलरिटीमा तपाईले त्यसै गर्नुभएको छ नि ?

हो, तर मैले ती मध्ये कुनै पनि पढेको छैन ! मलाई याद छ जब म मेरो अपराध पुस्तकहरूमध्ये कुनै एकको सिक्वेल लेख्दै थिएँ । तब मैले पहिलो अपराध कथामा फर्किनु पर्‍यो तर मैले यो सहनै सकिनँ । पछि मैले यसलाई अडियोबुकको रूपमा सुन्ने विचारमा गरेँ किनकि म अनिद्राको रोगी हुँ । म राति अन्धकारमा सुन्छु । अडियोबुक सुनेपछि यसले मलाई आत्मा वा चेतनासँग यसको कुनै सम्बन्ध नभएको अडान लिन अनुमति दियो । त्यसैले मैले बेन्जामिन ब्ल्याकलाई मारेँ। मैले सोचें, यो किताब धेरै खराब छैन।

“म्याट युटिनल” र “तिब्रता” जस्ता शब्दहरूमा तपाईँलाई कुन कुराले आकर्षित गर्छ ?

अंग्रेजी भाषा सुन्दर छ। यो अन्य संस्कृतिका धेरै प्रभावहरूको साथले अत्यन्तै धनी र अव्यवस्थित छ । म यसमा गौरव गर्छु। मानिसहरूले मलाई भन्छन् कि मेरो शब्दहरू बुझ्न तिनीहरूले शब्दकोश हेर्नुपर्छ । के यो ठूलो समस्या हो ? शब्दकोष त तपाईँको घरमा भएको सबैभन्दा बहुमूल्य चीजहरू मध्ये एक हो। यसमा जाने बहाना दिएकामा तपाईँले मलाई धन्यवाद दिनु पर्छ। म तिनीहरूलाई भन्छु: “म ठोकेर भन्छु- जब तपाईं जुनसुकै शब्द खोज्न शब्दकोष पल्टाउनु भयो भने र त्यहाँ तपाईंले चार वा पाँचवटा नयाँ शब्दहरू भेट्नुभयो भने तपाईंले केही नयाँ चीज त पाउनुभयो ! यसकारण मलाई लाग्छ, मैले उनीहरूलाई एउटा उपकारै गरेँ !”

सन् १९७० को दशकदेखि साहित्यिक संस्कृतिमा कस्तो परिवर्तन आएको पाउनुहुन्छ ?

पुरानाहरू सधैँ यसो भनेर सोध्छन् । तर यस्तो देखिन्छ कि यहाँ शिशुवादमा एक प्रकारको घमण्डी प्रवृत्ति उत्पन्न भएको छ। जब म मध्यम उमेरको थिएँ, मेरा साथीहरूसँग तुलनात्मक रूपमा ठूलो पठन समूह थियो । उनीहरूका लागि आइरिस मर्डोकको नयाँ उपन्यास वा रोबर्ट लोवेलको कविताहरूको नयाँ पुस्तक उत्सुकतापूर्वक पढेको घटना थियो। उनीहरू भन्थे, ‘हामी अब बुझ्न गाह्रो पुस्तकहरू पढ्न चाहँदैनौँ।’ एकजना साथीले मलाई भन्यो, “तिमीले कथित रूपमा ठूला मानिसहरूलाई ट्रेनमा ह्यारी पोटरका पुस्तकहरू पढिरहेको देख्यौ होला ? तिमीहरूले ठूला पुस्तकहरू पढ्नुपर्छ, बच्चाहरूको किताब होइन ! जब मैले सानो केटाको रूपमा केही पुस्तक पढ्न थालेँ, मैले महसुस् गरेँ कि पक्कै पनि म बसेको सानो सहरबाट भाग्न चाहन्थेँ। तर मैले के पत्ता लगाएको थिएँ भनेँ, ‘तपाईँले कलाबाट प्राप्त गरेको छुटकारा संसारबाट टाढा नभएर आफ्नै जीवनभित्र अनन्त र फराकिलो भएको पाउनुहुन्छ ।’

आयरिश उपन्यासकारहरूको युवा पुस्तालाई कसरी हेर्नुहुन्छ ?

जब म जवान थिएँ, मैले जर्ज स्टेनरसँग एउटा निबन्धको बारेमा बहस गरेको याद छ । जसमा उनले भनेका थिए कि बूढा मानिसहरूले कथा पढ्दैनन्। ठीक छ, म एक बूढो मान्छे हुँ र म धेरै कथा पढ्दिनँ । कथाले तपाईँलाई के दिन्छ ? मलाई यस विषयमा चासो राख्नुको आवश्यकता छैन जस्तो लाग्छ। आयरल्यान्डका फिक्शन लेखकहरू उनीहरूको तत्कालिन जीवन र साथीहरूको जीवनको बारेमा लेखिरहेका देखिन्छन्। त्यो मेरो पुस्ताको लागि कुनै बिन्दु थिएन । हामी मानिसहरू के हुन् भन्नेमा चासो राख्थ्यौँ । तिनीहरूले के गर्छन् भन्ने होइन। मेरो गैर-अपराध पुस्तकहरूमा मलाई कसले के गर्छ भन्ने परवाह छैन । म भाषाको काव्यात्मक सम्भावनाहरू खोज्दै छु र अस्तित्वको प्रश्नलाई सम्बोधन गर्ने प्रयास गर्दैछु।

कसैले मलाई भर्खरै सोधेको थियो, “जोन, तिमीले आफ्नो कोविड उपन्यास लेख्दै हुनुहुन्छ हो ?” मैले भनें: “म यो काम पक्कै पनि गर्दिनँ । मलाई आशा छ कि अरूले पनि यसो नगर्लान्।” फिक्शनको कला समयको घटनाहरूमा टिप्पणी गर्नको लागि होइन। यसले त्यसो गर्न सक्छ तर त्यो यसको वस्तु होइन । जुन संसारको कल्पना गर्नु हो । यो तथ्यपरक हिसाब हुनको लागि होइन। एकजना साथीले मलाई अर्को दिन सोधे, “सिङ्गुलरिटीमा यो केटा छ जो जेलबाट बाहिर निस्कन्छ, तर तपाईँको अघिल्लो पुस्तकहरूमा के ऊ जेलबाट बाहिर निस्किएको थिएन ?” मैले भने, “यो काल्पनिक हो ! मलाई जे मन लाग्छ त्यही गर्न सक्छु !”

पछिल्लो समय के पढ्दै हुनुहुन्छ ?

क्रिस्टोफर डे हमेलद्वारा रचित पाण्डुलिपिको बारेमा एक सुन्दर पुस्तक। उहाँ धेरै गम्भीर विद्वान हुनुहुन्छ । तर उहाँ अद्भुतसँग हल्का रूपमा लेख्नुहुन्छ, बडो आश्चर्यताका साथ।

कुन पुस्तकले तपाइँलाई पहिलो पटक लेख्न प्रेरित गर्यो ?

मेरी बहिनीले मलाई जेम्स जोयसको डब्लिनर्स दिएकी थिई । त्यो बेला करिब १३ वर्षको थिएँ। अचानक मैले के पत्ता लगाएँ भनेँ, कथा जीवनको सारको बारेमा हुन सक्छ । यो पश्चिमी जङ्गलको धागो थिएन । जासूस कथा थिएन । अंग्रेजी स्कूलका केटाकेटीहरूको बारेमा थिएन। मैले मेरो किशोरावस्थामा यस कथाहरूको घिनलाग्दो नक्कल लेखेँ। मलाई लाग्छ कि यो जोयसको उत्कृष्ट पुस्तक हो । एक जवान मानिसको लागि यस्तो शालीनता, स्पष्टता, भव्यता र बुद्धिको साथ पुस्तक लेख्न सक्नु असाधारण कामजस्तै हो । त्यहाँ एक पुरानो डब्लिन साथीले आफ्नो जीवनको अन्त्यतिर पेरिसमा घुम्न आउँदा मलाई भनेको थियो, ‘तपाईलाई जिमीको बारेमा थाहा छ, मसँग युलिसिसले लेख्न प्रयास गरेको एउटा ठूलो किस्सा छ। र त्यो फिनेगनस् वेकको कुरा हो । तर तपाईँको सबैभन्दा राम्रो पुस्तक डब्लिनर्स हो । जोयस भन्छन्, “म सहमत छु।” त्यो भयो वा नहोस् । तर मलाई यो पुस्तक धेरै मन पर्छ।

अनुवादः मिलन कार्की ।