
अध्याय – सोह्र
यसरी फुच्चे राजकुमारको सातौँ ग्रहको यात्रा पृथ्वी हुन पुग्यो ।
पृथ्वी कुनै चानचुने ग्रह होइन | त्यहाँ एक सय एघार राजा, सात हजार भूगोलविद्, नौ लाख व्यापारी, पचहत्तर लाख जँड्याहा, एकतीस करोड दश लाख घमण्डी | त्यति मात्र होइन, लगभग दुई अर्ब मान्छे छन् |

एन्टोनी डे सन्त एजुपेरे
पृथ्वीको विशालताको अनुमान गराउनका लागि म भन्छु कि बिजुलीको आविष्कार हुनुभन्दा पहिले चार लाख बैसठ्ठी हजार पाँच सय एघार वटा खम्बाको बत्ती बाल्न एउटा पूरै फौज राख्नु आवश्यक थियो । सूर्यास्त भएपछि बत्ती बाल्नेहरूको फौजले काम थालेपछि टाढाबाट हेर्न लायक दृश्य हुन्थ्यो ।
सबैभन्दा पहिला न्यूजिल्याण्ड र अष्ट्रेलियामा बत्ती बाल्ने पालो आउँथ्यो |
त्यसपछि क्रमशः चीन र साइदबेरियाको, त्यसपछि रसिया र इन्डिजको, त्यसपछि अफ्रिका र यूरोपको अनि अन्त्यमा दक्षिण अमेरिका र उत्तर अमेरिकाको पालो आउँथ्यो बत्ती बाल्ने । यो क्रम कहिल्यै टुट्दैनथ्यो ।

अनुवादक: बद्रीप्रसाद घिमिरे



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

