साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

द काइट रनर, भागः १८

Chovar Blues Mobile Size

अठार

घाम डुब्नै आँटेको थियो र पश्चिमको आकाश गुलाबी रङले ढाकिएको थियो | म रहिम खान बसेको घर अगाडिको सानो व्यस्त गल्ली हुँदै तलतिर लागें । दायाँबायाँ ससाना बाटोहरू जेलिएको त्यो गल्ली बुटुवाहरू, साइकल र रिक्साहरूको भीडले गर्दा हल्ला खोर थियो । घुम्तीहरूमा कोकाकोला, चुरोट र राम्रा केटीहरूसँग मेरीगोल्ड को बारीमा नाच्दै गरेका मान्छेहरू अंकीत लोलीउड सिनेमाका विज्ञान पोस्टरहरू टाँसिएका होर्डिङ बोर्डहरू थिए |

म एउटा धुवै घुँवाले भरिएको सानो चियापसलमा पसे र एक कप चिया मगाएँ । फोल्डिङ कुर्चीमा पछिल्तिर ढल्किएँ र दुवै हातले अनुहारमा रगडेँ । छाँगोबाट खस्दै गरेको अनुभूति अलि कम हुँदै थियो । त्यसको ठाउँमा यस्तो अनुभव गर्दै थिएँ कि कुनै मान्छे निद्राबाट बिउँझिँदा आफ्नो घरका सबै फर्निचरहरू अर्कै तरिकाले मिलाएर राखेको देखेर प्रत्येक परिचित कुना काप्चाहरू उसलाई नौलो लाग्छ । ध्यान भङ्ग भएर ऊ आफूलाई कतै म बौलाएको त होइन भन्ने लाग्छ र पुनः उसले आफू कहाँ छु भनेर सोच्न बाध्य हुन्छ ।

म पनि कति कुरा नबुझ्ने स्वाँठ हुन सकेको ? मेरो अगाडि थुप्रै संकेतहरु थिए । ती सबै मेरो मानसपटलमा घुम्न थाले | बाबाले हसनको खुँडे ओठ जोड्न डा. कुमारलाई बोलाउनु, उहाँले हसनको जन्मदिन कहिल्यै नबिर्सनु । मैले त्यो दिनको घटना सम्झिएँ जति बेला बाबा र म ट्युलिप रोप्दै थियौँ र मैले उहाँलाई नयाँ काम गर्ने मान्छे राख्ने बारेमा केही सोच्नु भएको छ कि भनेर सोधेको थिएँ । हसन यो घर छोडेर कतै पनि जाँदैन भनेर उहाँले झोक्किँदै भन्नुभएको थियो । ऊ यहाँ हामीसँगै बस्छ जहाँ ऊ बस्छुपर्ने हो । यो घर उसको पनि हो र हामी उसको परिवार हौं जब अलीले आफू अब हाम्रो घर नबस्ने कुरा सुनाए हसन रोएको रोएै गरेको थियो ।

वेटरले चियाको कप लगाएर मेरो अगाडि टेबलमा राखिदियो । टेबलको खुट्टा अंग्रेजी अक्षर एक्स आकारको थियो र जोर्नीमा दोहोरै ओखरको साइजका पित्तलका हिरा गोलो आकारमा टाँसिएको थियो । एउटा डल्लो पेचकिला फुस्केर उप्किएको थियो । म निउरिएर त्यसलाई कसिदिएँ | मैले मेरो जीवन पनि यसै गरी जोड्न सक्ने भए कस्तो हुन्थ्यो होला भनेर सोचेँ । धेरै बर्षपछि मात्र खाँदै गरेको कालो चिया एक घुट्को घुटुक्क पारेँ र शोराया, जर्नेल साहेब, खाला जमिला, फिनिसिङ्ग गर्न बाँकी रहेको त्यो उपन्यासको बारेमा सोच्ने कोसिस गरेँ | ससाना मिठाई पसलमा भित्र बहिर गरिरहेका मान्छे, सडकको सवारी साधनको भीड हेर्ने कोसिस गरेँ । पल्लो टेबलमा रहेको ट्रान्जिस्टर रेडियोमा बजिरहेको कवाली (गीत) सुन्ने कोसिस गरेँ । जे देख्छु, त्यसैलाई हेरेँ । मैले ग्रयाजुयसन गरेको रात बाबा बियर डुङ्ग गन्हाउँदै मलाई उपहार दिनुभएको कारमा बसेमा बसेर “हसन पनि आज हामीसँगै भैदिएको भए” भन्नुभएको दृश्य आँखा अगाडि घुमिरह्यो ।

sagarmani mobile size

त्यत्रो बर्षसम्म कसरी उहाँले मलाई र हसनलाई ढाँट्न सक्नुभएको होला । म सानो छँदा उहाँले मलाई काखमा बसाउनुहुन्थ्यो र सीधै मेरो आँखामा हेरेर भन्ने गर्नुहुन्थ्यो कि पाप मात्रै एउटा कुरा छ । र त्यो हो चोरी-। जब तिमी झुटो बोल्छौ, तिमीले कसैको सत्य कुरा जान्न पाउने अधिकारको चोरी गर्छौ के उहाँले मसँग ती शब्दहरू भन्नुभएफो थिएन त ? आज आएर मैले उहाँलाई गाडेको पन्ध्र बर्षपछि म थाहा पाउँदै थिएँ कि बाबा पनि चोर हुनुहुँदो रहेछ । र, चोर पनि सबैभन्दा खराब चोर किनभने उहाँले चोरेको चीज पवित्र थियो – म बाट उहाँले मेरो पनि एउटा भाइ छ भनेर थाहा पाउने अधिकार चोर्नुभएको थियो भने हसनबाट उसको परिचय र अलीबाट उसको ईज्जत । उसको नाङ र नामु ।

मेरो दिमागमा प्रश्नहरूको ओइरो लाग्न थाल्यो : बाबाले अलीसँग कसरी नजर जुधाउन सक्नुभएको होला ? अफगानीहरूले सबैभन्दा ठूलो बेइज्जत ठान्ने कुरा आफ्नो मालिकले आफैँमाथि गरेर अपमान गरेको छ भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि कसरी अलि त्यही घरमा भित्र बाहिर गरेर बसिरहन सकेको होला ? अनि त्यो पुरानो खैरो सुट लगाएर ड्राइभ वेमा लडखडाएर हिँड्दै शोरायाको हात माग्न गएको त्यो बाबा जसको चित्र यति लामो समयसम्म नमेटिने गरी मेरो दिमागमा खोपिएको छ, अब उहाँको त्यो नयाँ रूपसँग मैले सम्झौता कसरी गर्ने होला ?

एउटा पुरानो उखान टुक्का छ जुन सुनेर मेरो क्रियटिभ राइटिङ्ग विषयका शिक्षक झोक्किन्थे होला : जस्तो बाबु उस्तै छोरो, तर कुरा सत्य थियो, थिएन त ? यस्तो हुन आयो कि बाबा र म धेरै हदसम्म समान थियौँ । यस्ता मान्छे त मैले कहिल्यै पनि देखेको थिइन | हामी दुवैले हाम्रा लागि आफ्नो ज्यानको बाजी पनि थाप्न सक्ने मानिसलाई धोका दिएका थियौँ र योसँगै यो पनि महसुस भयो : रहिम खानले मलाई यहाँ मेरो पापको मात्र होइन कि बाबाको पापको पनि प्रयाश्चित गर्न बोलाएका रहेछन्‌ ।

रहिम खानले भन्ने गर्थे कि म सधैँ आफैँप्रति चाहिएभन्दा बढी निष्ठुरी भएको छु । मैले अचम्म मानेर सोचेँ | सत्य के हो भने अलीलाई ल्यान्ड माइनमा टेक्न मैले पारेको थिइन र हसनलाई गोली हानेर मार्नलाई त्यो घरमा तालिवानलाई मैले बोलाएको थिइन । मैले नगरेको भए घटनाले अर्कै मोड लिन्थ्यो होला भनेर सोच्नु कोरा कल्पना मात्र हुने थिएन त ? सायद बाबाले तिनीहरूलाई पनि सँगै अमेरिका लिएर आउनुहुन्थ्यो होला । सायद अहिले हसनको पनि आफ्नै घर, जागीर, परिवार र जीवन हुन्थ्यो होला । जुन देशमा ऊ हजारा हो कि होइन कसैलाई मतलब हुन्थेन र जहाँका मान्छेलाई हजारा भनेको के हो थाहासम्म पनि छैन । सायद त्यस्तो हुन्थेन, तर त्यस्तो हुन पनि सक्थ्यो ।

म काछुल जान सक्दिनँ मैले रहिम खानसँग भनेको थिएँ । मेरो अमेरिकामा घर श्रीमती; जागीर र परिवार सबै छ तर म सबै पोका पन्तुरा कसेर कसरी घर फर्केर जान सक्थैँ जब कि मेरो कामको मूल्य चुकाउन हसनले तिनै उही कुराहरू गर्ने मौका पाउन सक्थ्यो ?

मैले रहिम खानले मलाई नबोलाइ दिएको भए राम्रो हुने थियो भन्ने ठाने । मैले रहिम खानले मलाई विस्मृतिमै जिउन दिएको भए राम्रो हुने थियो भन्ने ठाने, तर उनले मलाई बोलाइसकेका थिए । र, उनले जुन गोप्य कुरा खुलस्त पारे त्यसले कुरा अन्तै मोडियो । त्यसले मलाई सन्‌ १९७५ भन्दा धेरै अघिको मेरो पूरै जीवन झूटहरूको चक्र, धोकाहरू र गोप्य कुराहरूमा रूमलिएको रहेछ भनेर हेर्न बाध्य पार्यो । त्यति बेला गीत गाउने त्यो यौटी हजारा आइमाईले मेरो स्याहार सुसार गर्दै थिई । ‘फेरि असल मान्छे बन्ने एउटा उपाय अझै बाँकी छ भनेर उनले भनेका थिए ।

त्यो चक्रलाई अन्त्य गर्ने एउटा उपाय ।

त्यो सानो केटोसँग । एउटा टुहुरो । हसनको छोरो । काबुलमा कतै । रिक्सा चढेर रहिम खानको अपार्टमेन्ट फर्किंदा बाबाले भनेको कुरा याद आयो । बाबा भन्दै हुनुहुन्थ्यो कि मेरो समस्या भनेको मेरा लागि सधैँ अर्कोले लडिदिनपर्थ्यो । अहिले म अड्तीस बर्ष भैसकेको थिएँ । मेरो तालु खुइलिन थालिसकेको थियो भने कपाल पनि तिल चामल हुन थालेको थियो । हालसालै आएर आँखा वरिपरि कुनामा चाउरी देखिन थालेको थियो । म यतिबेला बूढो हुँदै थिएँ, तर सायद आफ्ना लागि आफैँ लड्न पनि नसक्ने साह्रै बूढो भइसकेको थिइन । अहिले आएर थाहा भयो कि बाबाले धेरै कुरा ढाँट्नु भएको रहेछ, तर त्यसको बारेमा भने ढाँट्नु भएको रहेनछ ।

घामको उज्यालेमा मैले फेरि त्यो रङीन फोटोको गोलो अनुहारमा हेरें । मेरो भाइको अनुहार कुनै समय हसनले मलाई माया गर्थ्यो । यस्तो माया गर्थ्यौ कि त्यति कसैले गरेको पनि छैन र फेरि कसैले गर्ने पनि छैन । यति बेला ऊ छैन तर उसको एउटा सानो अंश जीवितै थियो । र, त्यो काबुलमा थियो ।

पर्खिराखेको छ |

रहिम खानले कोठाको कुनामा बसेर नमाज प्रार्थना गरिरहेको देखेँ । रातो पूर्वको आकाशमा उनको अँध्यारो छायाँ पूर्वतिर घोप्टो पर्दै थियो । मैले उनको प्रार्थना सकुञ्जेल पर्खेर बसेँ ।

अनि मैले उनीसँग म काबुल जाँदै छु भनेर भने । मैले उनीसँग बिहान सबेरै क्लाल्डवेल्सलाई बोलाइदिन भनेँ ।

“तिम्रा लागि म भगवान्‌सँग प्रार्थना गर्ने छु, अमीर जान” उनले भने ।

लेखक परिचय

प्रेम सिग्देल अनुवादकका रूपमा परिचित हुनुहुन्छ । उहाँ अनुवादसँगै प्राध्यापनसमेत गर्नुहुन्छ ।

प्रतिक्रिया
Loading...