साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नेपालीमा कमजोर अहिलेका विद्यार्थीः आफ्नै भाषा किन गाह्रो ? (सिफारिस)

नेपाली नबुझ्नु र नेपाली भाषामा दक्षता हासिल गर्न नसक्नु भनेको आजका पुस्ताले आफ्नो परिवेश, आफू बसेको समाज, भूगोल तथा समग्रमा देशलाई नै बुझ्न नसक्नु हो । तर यसमा दोष विद्यार्थीको मात्र भने पक्कै होइन । यो हाम्रो भाषाप्रतिको गलत बुझाई र विद्यार्थीलाई दिइएको गलत ‘ओरियन्टेसन’ को नतिजा पनि हो ।

Chovar Blues Mobile Size

 

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो लेख nepalpress.comदैनिककाेबाट लिएका हौँ । यो लेख नेपालप्रेस लागि पवित्रा घिमिरेले तयार पार्नुभएकाे हाे । यहाँ क्लिक गरेर यस लेखलाई नेपालप्रेस पनि पढ्न सक्नुहुनेछ ।

====

अलिअघि एसईईको नतिजा प्रकाशित भयो । धेरै स्कुल, विद्यार्थी तथा अभिभावकले विभिन्न सामाजिक सञ्जालमार्फत खुशी साटेको पाइयो । यसैक्रममा मलाई एकजना विद्यार्थीले आफ्को हरेक विषयमा ‘ए+’ जीपीए आएको र नेपालीमा मात्र ‘बि’ आएको सुनाए । उनी निर्धक्कसँग आफूलाई नेपाली नै नआउने बताइरहेका थिए ।

sagarmani mobile size

उनको फ्युचर प्लान सुन्दा झन् अचम्म लाग्यो । उनले भने ‘अब म ए लेवल्स पढ्ने हो, अनि त नेपाली पढ्नै पर्दैन ।’

मैले प्रतिप्रश्न गरे ‘तिमीलाई नेपाली किन यस्तो गाह्रो भाको ? यो त आफ्नै भाषा होइन र ?’

उनले जवाफ दिए, ‘खोइ, जति पढे पनि आउँदैन । नेपालीमा त सँधै यस्तै हो रिजल्ट ।’

मैले प्रष्टसँग बुझेँ उनको भावना तथा समस्या । उनको कुराले मलाई भाषा सम्वन्धी मान्छेको गलत बुझाई र अहिलेको पुस्ताको कमजोरीमाथि घोत्लिन कर लाग्यो । उनी एक प्रतिनिधि पात्र मात्र हुन् । धेरै विद्यार्थीहरु नेपाली विषयकै कारण जीपीए कम आएको गुनासो गर्छन् । आखिर आफ्नै मातृ भाषामा आधारित शिक्षा किन भविष्यका कर्णधारहरुका निम्ति बोझिलो बनिरहेको छ ? यसमा सबैको ध्यान जानु आवश्यक छ ।

अहिलेको पुस्तालाई आफ्नै मातृभाषा पढ्न, बुझ्न र लेख्नमा किन छ त भनेर मैले केही खोज तथा अनुसन्धान गरेँ । अरु विषयहरु पनि छन् विद्यार्थीहरुलाई गाह्रो लाग्ने, तर नेपाली विषय सबैको साझा समस्या देखियो । यो विषयमा अभिभावक शिक्षकको बीचमा छलफल भएको देखिन्छ । तर के गर्दा विद्यार्थीहरुले राम्रोसँग नेपाली बुझ्छन् र दक्षता हासिल गर्छन् भनेर व्यवहारिक र उपयुक्त समाधानको उपाय निकालिएको पाईंदैन । कहाँनेर समस्या छ र यसलाई कसरी व्यवहारिक तवरले निराकरण गर्न सकिन्छ भनेर निष्कर्षमा पुगेको पनि देखिदैन ।

यो समस्यालाई मात्र बहसको विषय बनाइन्छ र वहसमै सिमित राखिन्छ । जिम्मेवार निकायको यस्तो प्रवृत्तिले गर्दा विद्यार्थीहरु मारमा परेका छन् । विद्यार्थीले अनिवार्य विषयको रुपमा पढ्नैपर्छ, तर राम्रोसँग बुझिरहेका छैनन् । अहिले सामाजिक शिक्षा विषयलाई नेपालीमा पढ्नुपर्छ । विद्यार्थीले परीक्षामा राम्रो अंक तथा ग्रेड ल्याउनु–नल्याउनु ठुलो विषय होइन र जटिल समस्या पनि होइन । तर, अहिलेको पुस्ताले नेपालीलाई गाह्रो विषय मान्नु चाहिँ चिन्ताको विषय हो । यसले हाम्रो पहिचान र अस्तित्वमाथि नै ठुलो प्रश्नचिन्न खडा गर्छ ।

नेपाली नबुझ्नु र नेपाली भाषामा दक्षता हासिल गर्न नसक्नु भनेको आजका पुस्ताले आफ्नो परिवेश, आफू बसेको समाज, भूगोल तथा समग्रमा देशलाई नै बुझ्न नसक्नु हो । तर यसमा दोष विद्यार्थीको मात्र भने पक्कै होइन । यो हाम्रो भाषाप्रतिको गलत बुझाई र विद्यार्थीलाई दिइएको गलत ‘ओरियन्टेसन’ को नतिजा पनि हो । अहिलेको पुस्ता यस्तो गलत ओरियन्टेसनको सिकार बनिरहेका छन् ।

मैले गरेको अध्ययनमा नेपाली विषयमा कमजोर भएको बारे धेरैजसोको एउटै तर्क थियो, स्कुलमा अंग्रेजी माध्यममा अध्यापन गराइनु । कतिपयको धारणा थियो– नेपालीलाई धेरै प्राथमिकतामा नराखिनु । कतिपयले त अब सरकारले अंग्रेजी माध्यममा पढाउन रोक लगाएर नेपालीमै पढाउनुपर्ने धारणा पनि राखे ।

अनुसन्धानका क्रममा लामो समयसम्म नेपालमा बसोबास गर्दै आएका विदेशी नागरिक, अंग्रेजी भाषाका प्रशिक्षिक तथा भाषाविदसँग भेट भयो । उनी विदेशी नागरिक हुन् र विगत २ दशकदेखि नेपालमा भाषासम्बन्धी तालिम तथा प्रशिक्षण दिदै आइरहेका छन् । उनीसँग मेरो वार्तालाप हुँदा उनले मलाई भाषासम्बन्धी निकै उपयोगी कुराहरु सिकाए । मैले प्रश्न गरेँ ‘के ईंग्लिश मिडियममा बिद्यार्थीहरुलाई अध्यापन गराएकैले उनीहरुको नेपाली कमजोर भएको हो त ?’

उनले यसरी उत्तर दिए, ‘आफ्नो भाषालाई छोडेर अर्काे भाषा बढी प्रयोग गर्दा केही हदसम्म पहिलो भाषामा असर त पक्कै पनि गर्छ, तर पूर्णरुपले भने होइन । दोश्रो भाषा जति राम्रोसँग सिके पनि आफ्नो पहिलो भाषामा जति दख्खल हासिल गर्न सकिदैन । दोश्रो भाषामा पनि मातृभाषाको उलेख्य प्रभाव देखिन्छ । नजानिँदो तरिकाले एक–अर्कामा प्रभाव परिरहेको हुन्छ ।’

उनी थप्छन्, ‘इन्टरनेटको तथा विज्ञान–प्रविधिको अतुलनिय विकासका कारण संसारले कोल्टो फेरेको कुरालाई हामी नकार्न सक्दैनौं । विश्वव्यापीकरणले गर्दा हामीले संसारका धेरै नयाँ कुराहरु सिक्न पाएका छौं । सिंगो विश्व आज एउटा साँघुरो गाउँ भएको छ । तर दुःखको कुरा नेपालजस्तो विकाशोन्मुक देशमा आफ्नोपन हराउँदै गएको छ ।’

अहिले सूचनाको युग भएकाले अंग्रेजीमा दख्खल हुनु अनिवार्य आवश्यकता र समयको माग पनि हो । विद्यालय तहदेखि अंग्रजी पढ्दा उनीहरुमा यस भाषाको राम्रो अभ्यास हुन्छ र संसारलाई बुझ्छन् । हामीलाई चहिने विषयको जानकारी अंग्रेजी भाषामा पर्याप्त पाइन्छ । इन्टरनेट तथा टेक्नोलोजीमा प्रयोग गरिने भाषा अंग्रेजीमे हुन्छ भने प्रायजसो विश्वप्रसिद्ध पुस्तकहरु पनि यही भाषामा हुन्छन् । अन्य भाषामा लेखिएका उपयोगी तथा चर्चित पुस्तकहरु पनि अंग्रेजीमा अनुवाद गरेर निकालिएका छन् ।

अंग्रेजीलाई हरेक देशले दोश्रो भाषाको रुपमा लिएको र पठयक्रममा राखेको पाइन्छ । यदि विद्यालय तहदेखी यसको अभ्यास गरिएन भने अहिलेका पुस्ताहरु निक्कै पछाडि धकेलिन्छन् । यस्ता विविध कारणहरुले गर्दा अंग्रेजी भाषालाई जोड दिनुपर्ने वाध्यता छ । तर, यसको अर्थ आफ्नो मातृभाषालाई उपेक्षा गर्नु पक्कै होइन ।

एकजना अंग्रेजी भाषाका ज्ञाता तथा भाषाबिद्सग मेरो संयोगबस भेट भयो । उनी लामो समयदेखी अंग्रेजी भाषामा अध्यापन गर्दै आइरहेका छन् । उनले अंग्रेजी भाषामा थुप्रै किताबहरु पनि लेखेका छन् । उनी अंग्रेजीमा सेमिनार तथा गोस्ठी चलाउँछन् । कार्यक्रमको सिलसिलामा उनी विदेश पनि गइरहन्छन् । उनले भाषा सम्बन्धी गहिरो खोज, अनुसन्धान तथा अध्ययन गरेका छन् ।

वार्तालापको क्रममा मैले उनलाई प्रश्न गरँे, ‘अहिले नेपालीलाई नेपाली बुझ्न किन गाह्रो हुँदैछ, विशेषगरी युवा पुस्तालाई ?’

उनको जवाफ थियो, ‘यो सबै गलत बुझाईको कारणले गर्दा हो । यसमा नेपाली भाषा पढाउने शिक्षकहरु बढी भागिदार छन् ।’

यदि नेपाली शिक्षकहरुले चाहे भने आमुल परिवर्तन आउन सक्ने उनले बताए ।

‘उनीहरुले आफ्नो बिषयमा कसरी राम्रो गर्न सकिन्छ भनेर प्रयास गरेको देखिदैन । उनीहरु पनि विद्यार्थीलाई नेपाली आउँदैन, बुझ्दैनन् भन्ने भ्रमको पछाडि दौडिरहेका छन् । यदि सबै नेपाली शिक्षकहरुले चाहे भने छोटो समयमा कायापलट ल्याइदिन्छन् ।’

मलाई उनको कुरा निकै चित्त बुझ्यो । आखिर हामी किन भ्रमको पछाडि कुदिरहेका छौं त ? उनका अनुसार हरेक नागरिक सर्वप्रथम आफ्नो मातृभाषामा दक्ष हुनु जरुरी छ । आफ्नो भाषामा मास्टरिङ नगरेको व्यक्तीले अन्य भाषा अर्थपूर्ण र मिठासतापुर्वक सिक्न सक्दैन ।

स्कुलमा शिक्षणको माध्यम अंग्रेजीको साटो नेपाली हुनुपर्ने कतिपयको तर्क मलाई सान्दर्भिक लाग्दैन । यदी हामी नेपाली भाषामा मात्र सिमित रह्यौ भने हामी संसारसग डिस्कनेक्ट हुन्छौं । अनि अर्को महत्वपूर्ण कुरा, अहिलेको युवा पुस्ताको प्रतिस्पर्धा भनेको विश्वसँग छ । तसर्थ अंग्रजी कमजोर भए पछि परिन्छ ।

एकजना बौद्धिक दाई तथा मिडियाकर्मीसँग मेरो भेट भयो । उनी टेलिभिजनमा समाचार वाचन गर्ने, समाचार लेख्ने तथा युनिभर्सिटीमा विद्यार्थीहरुलाई पढाउँछन् । उनले नेपाली तथा अंग्रेजी भाषामा पुस्तक पनि लेखेका छन् ।

उनी भन्छन् ‘मिडियाकर्मी भएपछि अंग्रेजी तथा नेपाली दुवै भाषामा दख्खल हुनु अति जरुरी छ । हामीले अहिलेको पुस्तालाई नेपालीको माध्यमबाट अंग्रेजी चिनाउनु पर्छ, तर गलत भैइरहेको छ ।’

उनको भनाइ ईंग्लिशलाई जस्ताको तस्तै नेपालीमा उल्था गरेर पढाउने भन्ने होइन । उनको भनाइको आशय हो– आफुलाई बुझेरमात्र संसारलाई बुझुन सकिन्छ । उनको यो कुरामा निकै सत्यता छ । विश्वका विकसित देशहरुलाई हेर्दा यो कुरा छर्लङ्ग हुन्छ । विकसित देशहरु जसको पहिलो भाषा अंग्रेजी होइन, तर उनीहरु अंग्रेजी भाषा सिक्छन् । यद्यपि, आफ्नो भाषालाई बढी जोड दिन्छन् । उनीहरु आफ्नो भाषामा दक्ष छन् र अंग्रेजी भाषामा पनि उत्तिकै अब्बल छन् । उनीहरु सकेसम्म आफ्नै भाषामा बोल्न खोज्छन् । यदि अंग्रेजी बोल्नै परे राम्रो र सुद्ध बोल्छन् । उनीहरुले आफ्नो भाषा बुझ्नमा समस्या छ भनेको कतै सुन्नै पाइदैन ।

अहिले सुन्दै नसुनेको, पुरा लिपी नै फरक भएको भाषा जस्तैः कोरियन, जापनिज् आदि हामीले ५–६ महिनामा सिकेर, बुझेर भाषा परिक्षा पास गरेर ती देशहरुमा गएर बस्छौं, काम गर्छौ । अनि आफु जन्मेदेखि, बोली फुट्दै सिक्दै बोल्दै आएको भाषा गाह्रो मान्छौं ।

एकजना भाईको कथा निकै रोचक छ । भाई सानैदेखी नेपाली खासै बुझ्दिन भन्दै हिँड्थे । उनको स्कुल पढ्दा नेपालीमा सधैं काम स्कोर आयो, तर उनले यसलाई त्यस्तो ठुलो समस्याको रुपमा लिएका थिएनन् । नेपाली आउँदैन भनेर चित्त बूझाउँथे । तर जब उनी नेपाली नबुझ्नुको कारणले गर्दा मारमा परे, तब निकै झस्किए । उनी ड्राइभिङ लाईसन्सको परिक्षामा ३ पटक असफल भए, किनकी त्यहाँ सबै प्रश्नहरु नेपालीमा सोधिएका थिए ।

यो त एउटा उदाहरण मात्र हो । यहाँ कयौ नेपाली युवाहरु छन् जसले आफुलाई सम्वन्धित विषयमा राम्रो जानकारी भएता पनि नेपालीमा प्रश्नपत्र सोधिएको कारण परीक्षा विगारेका हुन्छन् ।

नेपाली भाषा अली ‘क्लिस्ट’ भने पक्कै पनि छ । अंग्रेजी भाषामा एउटै शब्दले धेरै शब्दको काम गर्छ । नेपालीमा त्यस्तो हुँदैन । लेखाइ र बोलाइमा पनि धेरै भिन्नता पाइन्छ अंग्रेजी र नेपालीमा । तुलनात्मक रुपमा अंग्रेजी सजिलो देखिन्छ । विद्यालयमा उपयुक्त विधी प्रयोग गरेर, बढीभन्दा बढी किताबहरु पढ्न लगाएर, लेख्न तथा बोल्न भरपुर अभ्यास गराएर नेपाली सुधार्न सकिन्छ ।

नेपाली भाषमै राम्रो दख्खल नभएमा युवाहरु देशमा भैरहेका कुसंस्कर तथा बेतिथीका बारेमा आवाज उठाउन सक्दैनन् । नेपालको ईतिहास, भुगोल, शासन व्यवस्था तथा अन्य थुप्रै महत्वपूर्ण विषयहरु बुझ्नबाट वञ्चित हुन्छन् । उनीहरुले नेपालमा अवसर तथा सम्भावनाको खोजी गर्दैनन् र देख्न पनि सक्दैनन् । हाम्रा चलिआएका मुल्य मान्यतामा भएका राम्रा–नराम्रा कुराहरुमा फरक छुट्याउन सक्दैनन् । उनीहरुले नेपाललाई राम्रोसँग बुझेपछि मात्र नेपाल विकास नहुनका कारणहरु थाहा पाउछन र नेपालमा केही गर्नुपर्छ भन्ने भाव उनीहरुमा उत्पन्न हुन्छ ।

विद्यार्थीले परीक्षामा नेपाली विषयमा कम अंक ल्याउनु, जीपीए कम ल्याउनु ठुलो समस्या होइन । उनीहरुले आफ्नै भाषा नबुझ्नु र आफंैलाई राम्रोसँग बुझ्नबाट वञ्चित हुनु डरलाग्दो सम्स्या हो । नेपाली समाचार पढ्न नसक्नु, नेपालीमा लेखिएका किताबहरु पढ्न नसक्नु, कुनै सरकारी अफिसमा गएर फारम भर्न नसकेर फर्किनु, सरकारले निकालेका सुचनाहरु तथा पाठयक्रम नबुझ्नु निकै निराशाजनक कुराहरु हुन् ।

अहिलेको प्रतिस्पर्धी समयमा अंग्रेजी भाषाको मह्त्वलाई कदापी अबमुल्यन गर्न सकिदैन । हरेक व्यक्ती अंग्रेजी भाषामा दक्ष हुन जरुरी छ । भाषाले हामीलाई जोडने काम गर्दछ । तर अन्य भाषालाई बढवा दिने नाममा आफैंलाई बिर्सिनु भएन । आफ्नो भाषा, धर्म, संस्कार, संस्कृतिसँगै बोकेर अंग्रेजी भाषामा दक्षता हसिल गरौं । संसारलाई बुझौं र संसारसँग जोडीउँ । संसरसँग भिडांै । समय अनुसार चलौं तर सर्बप्रथम आफुलाई बुझांै ।

मैले जोड दिएको विषय नेपाली खस भाषामा मात्र नभएर नेपालभरिका हरेक जातजाती तथा भाषाभाषिले बोल्ने अन्य भाषाहरुमा पनि लागू हुन्छ । मैले उठाउन खोजेको हाम्रो आडम्बरी सोच र अहिलेको युवा पुस्ताको जल्दोबल्दो समस्या हो । संसारलाई बुझ्न र जोडिन सबैभन्दा पहिले आफुलाई बुझ्नुपर्छ र आफुमा विश्वाश गर्नुपर्छ भन्ने मेरो बिचार हो । यदी कोही कसैलाई ब्यक्तिगतरुपमा पर्नगएमा क्षमाप्रार्थी छु ।

प्रतिक्रिया
Loading...