साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

१३५ वर्षअघि नै देखिएको थियो नेपाली जातीय पोशाकप्रति पश्चिमा अभिरुचि

बेलायतमा १३५ वर्षअघि प्रदर्शनीमा राख्न नेपालबाट विभिन्न जातीय पोशाक पठाउने तयारीसँग सम्बन्धित एउटा ऐतिहासिक अभिलेखले नेपालका खासगरी लडाकु जातजातिको रहनसहन र वेशभूषाप्रति पश्चिमाहरूको चासो झल्काउँछ।

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो लेख  himalkhabar.com बाट लिएका हौँ । यो लेख डा. महेशराज पन्तले तयार पार्नुभएकाे हाे । यहाँ क्लिक गरेर यस लेखलाई हिमालखबरमै पनि पढ्न सक्नुहुनेछ ।

==================

डा. महेशराज पन्त

म जब बुझ्ने भएँ, त्यस बेलादेखि नै एउटा वाक्य सुन्दै आएको छु। त्यो हो- ‘नेपाल विविधतामा एकता भएको देश हो’। अझ बुझ्दै गएपछि मलाई यो वाक्य फगत नारा हो भन्ने लाग्यो। ‘नेपाल सानो मुलुक भए पनि संस्कृतिको धनी देश’ भन्ने गरे जस्तै यो पनि खास विचार गरी बोलिएको वाक्य जस्तो लागेन।

एउटै मात्र रहनसहन, एउटै भाषाभेष भएको मुलुक विश्वको मानचित्रमा पाउन गाह्रै होला। नेपालीहरू परापूर्वकालदेखि थरीथरीका धर्म र जातिमा बाँडिएका भए पनि तत्तद्धर्म र तत्तज्जाति सम्बन्धी पहिचानको अभिव्यक्ति बढ्दै जाँदा त्यसमाथि अर्को नारा पनि थपियोे– ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र हो’ भन्ने। यो नाराले वर्तमान नेपालको वैनयिक शास्त्रमा अर्थात् आजभोलिको भाषामा संविधानमा ठाउँ पनि पायो।

राणाशासनमा वा त्यसभन्दा अगाडि पनि नेपाल राष्ट्रलाई त्यसरी परिभाषित गर्नुपर्ने जरुरत नभएकाले होला, हामी माथि लेखिएको जस्तो वाक्य प्रचारमा आएको खास देख्दैनौँ, पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९-१८३१)ले ‘सबै जातको फूलबारी’ भनेको छोडेर।

लक्ष्मीपति-नयराजसंग्रह भनी नाम राखिएको, हातले लेखेका पुस्तक, पात्रा र सरकारी तथा निजी लिखतपत्र इत्यादि अहिले मेरो जिम्मामा छन्। तिनमध्ये एउटा पत्रतर्फ मेरो आँखा अहिले तानिएकाले त्यही विषयमा केही कोर्ने कोशिश यहाँ गरिरहेको छु।

अहिले कुनै नयाँ वस्तु वा विचार बुझाउने शब्द चलनचल्तीमा आउँदा त्यसलाई संस्कृत भाषाको खोल ओढाएर शब्द बनाउने चलन भए पनि प्रजातन्त्र हुनुभन्दा अगाडिको नेपालमा त्यही विदेशी शब्द नै लेख्ने चलन थियो भन्ने कुराको दृष्टान्त पनि यस पुर्जीमा ‘एकजिबीसन्’ शब्द नै लेखिएकोबाट पाइएको छ।

वि.सं. १९४२ श्रावणकृष्ण प्रतिपदा तदनुसार श्रावण १५ गते मङ्गलबार दुई छापे अर्थात् प्राइम–मिनिस्टर र कमान्डर–इन–चीफको छाप लागेको त्यो पुर्जी कौसी तोशाखानालाई गएको छ। पुर्जी पाएपछि त्यस अड्डाले पूर्व–पश्चिमका बक्यौता गोस्वारा अड्डाका हाकिम–कारिन्दालाई सम्बोधन गरी पठाएको छ। अलि बाक्लो नेपाली काँचो कागतमा लेखेको यस पुर्जीमा दायाँपट्टिको केही भाग च्यातिएकाले पूरै मिति देखिएको छैन। तैपनि कौसी तोशाखानाले ‘२ छापे’ लेखिएका यस्ता पुर्जी १५ दिनभित्र गोस्वारा–गोस्वारामा पठाउने गरेको पाइन्छ।

बेलायतमा ‘एग्जिबिशन’ मा पठाउनका लागि फरक–फरक ६ जातिका स्त्री र पुरुषले लगाउने १२ जोर लुगा पठाउने कुरा यस पुर्जीमा लेखिएको छ। ती जातिमा खस र खसिनी, मगर र मगर्नी, लिम्बू र लिम्बूनी, गुरुङ र गुरुङ्सेनी, भोटे र भोटिनी, किरात र किरातनी परेका छन्। भोटे र भोटिनी भनी कुन जातिलाई भनेको हो भन्ने स्पष्ट नभए पनि तामाङ र तामाङ्नीलाई भनेको हुनुपर्छ।

यताबाट नेपालका मुख्य–मुख्य आयुधजीवी अर्थात् हतियार चलाएर जीविका चलाउने वा चलाउन सक्ने जनजातिको लुगाको खोजी गरिएको देखिन्छ। ‘बजारमा नपाइने पुर्वपश्चीमबाट झीकाउनुपर्ने’ भनी पुर्जीमा लेखिएकाले यी जातिविशेषका लुगा त्यसैताका धेरै चलनचल्तीमा नभइसकेको स्पष्ट हुन्छ।

पाश्चात्यहरूले हाम्रो यतातिरको खोजी गर्न थालेपछि यहाँका जातजातिको विषयमा पनि उनीहरूले कलम चलाउन थाले। यस्तै सिलसिलामा यो पुर्जी लेखिनुभन्दा १७ वर्ष जति अगाडि वाट्सन र कायेको भारतवर्षभरका जातजातको बयान र फोटो भएको किताब छापिइसकेको थियो।

त्यस पुस्तकमा नेपालका मेचे, सुनुवार, लिम्बू, मगर, गुरुङ, खस, नेवार, नेवारमै जातिविशेष बाँडा र मुर्मी अर्थात् तामाङको विषयमा लेखिएको थियो (जे. फोर्ब्स वाट्सन र जोन विलियम कायेद्वारा सम्पादित, ‘द पीपुल अफ इन्डिअ. अ सिरीज अफ फोटोग्राफिक इलस्ट्रेशन्स, विद डेस्क्रिप्टिभ लेटरप्रेस, अफ द रेसेज यान्ड ट्राइब्स अफ हिन्दूस्तान …’, २ ठेली, विलियम एच.आलेन एन्ड कम्पनी, लन्डनः सन् १८६८)। यस्तै लेखाइको प्रभावमा जातजातिका पोशाकको प्रदर्शनी गरिन लागेको देखिन्छ।

अहिले कुनै नयाँ वस्तु वा विचार बुझाउने शब्द चलनचल्तीमा आउँदा त्यसलाई संस्कृत भाषाको खोल ओढाएर शब्द बनाउने चलन भए पनि प्रजातन्त्र हुनुभन्दा अगाडिको नेपालमा त्यही विदेशी शब्द नै लेख्ने चलन थियो भन्ने कुराको दृष्टान्त पनि यस पुर्जीमा ‘एकजिबीसन्’ शब्द नै लेखिएकोबाट पाइएको छ।

वि.सं. १९४१ असोज ३० गते धीरशमशेर (वि.सं. १८८४–१९४१) बितेपछि कमान्डर–इन–चीफ भएका जितजङ्ग (वि.सं. १९०६–१९६०)ले राजकाज मुद्दामा डाँडा कटाइएका आफ्ना दाजु जगतजङ्ग (वि.सं. १९०४–१९४२)लाई फर्काउने चर्चा चलेपछि त्यही साल हिउँदमा कानको औषधि गर्ने निहुँमा लट्टीपट्टी लिई उनी भारत गएकाले उनको ठाउँमा उनैका भाइ पद्मजङ्ग (वि.सं. १९१४–१९६३)को कमान्डर–इन–चीफमा अस्थायी नियुक्ति भयो भनी इतिहासशिरोमणि बाबुराम आचार्य (वि.सं. १९४४–२०२९)ले लेखेका छन्।

यो पुर्जी लेखिँदा पृथ्वीवीरविक्रम (वि.सं. १९३२–१९६८, राज्यकाल वि.सं. १९३८–१९६८) श्री ५ महाराजाधिराज र रणोद्दीप सिंह (वि.सं. १८८१–१९४२, शासनकाल वि.सं. १९३३–१९४२) श्री ३ महाराज तथा प्राइम–मिनिस्टर थिए। दुई छापेमा प्राइम–मिनिस्टर र कमान्डर–इन–चीफ दुवैको छाप लाग्ने भएकाले कौसी तोशाखानाबाट पुर्जी पठाउँदा कमान्डर–इन–चीफको दर्जामा को थिए भनी विचार गर्नु उचित होला।

वि.सं. १९४१ असोज ३० गते धीरशमशेर (वि.सं. १८८४–१९४१) बितेपछि कमान्डर–इन–चीफ भएका जितजङ्ग (वि.सं. १९०६–१९६०)ले राजकाज मुद्दामा डाँडा कटाइएका आफ्ना दाजु जगतजङ्ग (वि.सं. १९०४–१९४२)लाई फर्काउने चर्चा चलेपछि त्यही साल हिउँदमा कानको औषधि गर्ने निहुँमा लट्टीपट्टी लिई उनी भारत गएकाले उनको ठाउँमा उनैका भाइ पद्मजङ्ग (वि.सं. १९१४–१९६३)को कमान्डर–इन–चीफमा अस्थायी नियुक्ति भयो भनी इतिहासशिरोमणि बाबुराम आचार्य (वि.सं. १९४४–२०२९)ले लेखेका छन् (‘जसको तरवार, उसको दरबार’, ‘शारदा’ २२ वर्ष २ अङ्क, २०१४, १–२ पृ.)।

राणाकालको प्रामाणिक ऐतिहासिक एड्रियन सेभर (वि.सं. २००० मा जन्म)ले भने जितजङ्गले कमान्डर–इन–चीफको ओहदाबाट राजीनामा गरिसकेका भए पनि सरकारी कागजातमा उनको नाउँ नै आइरहन्थ्यो र त्यस ओहदाले गर्ने कामकाज चाहिँ उनका भाइ रणवीरजङ्ग मार्फत हुने गर्थ्यो भनी लेखेका छन् (‘नेपाल अन्डर द राणाज्’, नयाँदिल्ली: अक्सफोर्ड यान्ड आईबीएच पब्लिशिङ्ग कम्पनी, सन् १९९३, १७५ पृ.)।

यो पुर्जी कहीँकहीँ च्यातिएको हुनाले अर्थसंगति मिलाई पढिएका अक्षर यस्तो कोष्ठ ( ) भित्र राखिएका छन्। अर्थसंगति मिलाउन नसकिएका ठाउँमा चाहिँ यस्तो … चिह्न हाली छोडिएको छ। धमिलिएका अक्षर पढ्न नसक्दा वा सग्लो अक्षर नहुँदा त्यस्ता अक्षर बुझाउन यस्तो चिह्न x हालिएको छ।

पुर्जीको मूलपाठ यस प्रकारको छः

प्रतिक्रिया
Loading...