साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष  सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न  दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।

याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि  दिएका छाैँ ।

तलको अन्तर्वाता हामीले नागरिकन्युज साभार गरेका हौँ । नागरिकका लागि यो लेख ध्रुवसत्य परियारले तयार पार्नु भएको हो । तपाईले यो सामग्री नागरिकन्युजमा नै पढ्न यहाँ क्लिक गर्नुहोस् ।

—————-

‘प्रत्येक व्यक्ति मिथकमा बाँचेको हुन्छ । यो थाहा पाएपछि भने अधिकांशलाई विचलित बनाउनेछ, किनभने पारम्परिक किसिमले मिथकको अर्थ हुन्छ, असत्य । कोही पनि असत्यमा जिउन चाहँदैन । हरेकले यो मानेको हुन्छ, म सत्यमै बाँचिरहेछु । मूलभूत रूपमा मिथक एक सांस्कृतिक रचना हो, विश्वको एक साझा बुझाइ हो, जसले व्यक्तिहरू र समुदायहरूलाई आपसमा जोड्छ । यो समझदारी धार्मिक वा धर्मनिरपेक्ष दुवै हुन सक्छ ।

पुनर्जन्म, स्वर्ग र नर्क, देवदूत र दानव, प्रारब्ध र मुक्त इच्छा, पाप, सैतान र मोक्ष धार्मिक मिथक हुन् । सम्प्रभुता, राष्ट्र राज्य, मानवाधिकार, महिला अधिकार, पशु अधिकार र समलिंगीका अधिकार धर्मनिरपेक्ष मिथक हुन् । धार्मिक होस् या धर्मनिरपेक्ष, सबै मिथकले व्यक्तिहरूको एक समूहभित्र एक मजबुत बोधको निर्माण गर्छ ।’ डा. देवदत्त पटनायकको पुस्तक ‘मिथक : हिन्दू आख्यानों का सम्झने का प्रयास’मा मिथक र विभिन्न हिन्दू ग्रन्थमा वर्णित केही कथालाई व्याख्या गरिएको छ ।

एकपटक एक विख्यात वैज्ञानिक (कसैको भनाइमा बरट्रेन्ड रसेल)ले खगोलविज्ञानबारे सार्वजनिक व्याख्यान दिए । पृथ्वी गोलो छ र कसरी पृथ्वीले सूर्यलाई घुम्छ भन्नेबारे नै उनको व्याख्यान केन्द्रित थियो । यसैबीच, एक महिलाले भनिन्, ‘तिमी बकबास बोल्दै छौ । यो पृथ्वी चेप्टो छ, जो कछुवाको ढाडमाथि अडिएको छ ।’ ती वैज्ञानिकले सोधे, ‘त्यसो भए कछुवा केमा अडिएको छ त ?’

महिलाले भनिन्, ‘तिमी धेरै चलाख छौ, युवक । त्यहाँ तलैसम्म कछुवा नै कछुवा छन् ।’स्टिफेन हकिङको पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’मा यो प्रसंग उल्लेख छ । हकिङले ती महिलाले त्यस्तो भन्नुमा के कुराले भूमिका खेलेको थियो भन्ने बताएका छैनन् । तर, यो स्पष्ट छ– ती महिलाले आफूले सुन्दै आएका पौराणिक कथामाथि पूर्ण विश्वास गरेकी थिइन्, जसमा उनी तर्क र चिन्तन गर्न चाहन्नथिन्, वा तत्कालीन समाज र चेतनाका दृष्टिले असमर्थ थिइन् ।

पौराणिक कथाका कथातत्व, जसमा अलौकिक पात्र, परिवेश र घटना छन्, जसमाथि लोकविश्वास छ, त्यसलाई नै नयाँ अर्थमा मिथकका रूपमा व्याख्या गरिएको छ । प्राचीन साहित्यको कथातत्वमा किन अलौकिक पात्र, घटना र परिवेश आउँछ ? यो गम्भीर खोज र चिन्तनको विषय हो । यद्यपि सामान्यतः यो अर्थ लगाउन सकिन्छ, जब मानिससँग विज्ञान थिएन, तीव्र कल्पनाशक्ति थियो । प्राकृतिक घटना वा विपत्पछाडिको कारण, ब्रह्माण्डको उत्पत्ति वा अन्त्य आदिबारे चिन्तन गर्दा मानिसले कल्पनाशक्तिको सहारा लिन्थ्यो ।

‘मैले एक २२ वर्षीय युवतीसँग कुरा गरेको थिएँ । पुरुषसँग नाच्नु, तास खेल्नु, पौडी खेल्नु, घुम्न जानु पाप हो भनेर उनलाई आमाद्वारा सिकाइएको थियो । आफ्नो आज्ञा र धार्मिक मान्यताविपरीत काम गरे नर्कमा जल्नुपर्ने डर उनलाई उनकी आमाले देखाएकी थिइन् । ती युवतीले शृंगार पनि त्यति गर्दिनथिन् । सबै पुरुष खराब हुन्छन्, यौन–सम्पर्क दानवका लागि हो, यो मानिसलाई बहकाउने दुष्ट तत्व हो भनेर पनि उनलाई आमाले बताएकी थिइन् ।

जब उनी कार्यालयका पुरुष सहकर्मीहरूसँग घुम्न निस्कन्थिन्, उनलाई ग्लानि हुन्थ्यो, भगवान्ले दण्डित गर्ने भयले आक्रान्त हुन्थिन् । उनलाई धेरै योग्य पुरुषले विवाहको प्रस्ताव गरेका पनि थिए ।उनले मलाई भनिन्, ‘विवाह गर्नु गलत कुरा हो, यौन पाप हो र म पापी हुँ ।’ उनको यस्तै बुझाइ थियो, या उनलाई यस्तै बुझाइएको थियो । उनी दश हप्ताजति दिनहुँ मकहाँ आइन् । मैले उनलाई चेतन र अवचेतन मनको कार्यविधि बुझाएँ । उनलाई ज्ञात भयो, आफूलाई आमाले गलत कुरा बुझाएकोबारे ।

मेरो सल्लाहमा उनले पहिरन र कपाल कोर्ने शैली बदलिन । पुरुष प्रशिक्षकबाट नृत्य र ड्राइभिङ सिकिन् । पौडिन, तास खेल्न पनि सिकिन् । उनले जीवनलाई माया गर्न थालिन् । आफ्ना लागि योग्य जीवनसाथी पाउन उनले गहिरो विश्वाससाथ आफ्नै अपार अवचेतन मनसँग प्रार्थना गर्न थालिन् ।एक साँझ, उनी मेरो कक्षाबाट निस्कँदै थिइन् । बाहिर मलाई भेट्न कोही पुरुष आएको थियो । मैले उनीहरूको चिनजान गराइदिएँ । अहिले उनीहरूले विवाह गरे, एकअर्कासँग खुसी छन् ।डा. जोसेफ मर्फीको पुस्तक ‘दी पावर अफ योर सबकन्सियस माइन्ड’मा यो प्रसंग उल्लेख छ ।

एकपटक अलिगढ (उत्तरप्रदेश भारत)का एकजना मलाई भेट्न आए । आफ्नी छोरीले प्रेम गर्ने र मनपराउने केटो उनलाई मनपरेको थिएन ।उनले मलाई भने, ‘त्यो केटो तल्लो जातको हो । उनीहरूबीचको सम्बन्ध विच्देछ भएन भने हामी समाजमा बदनाम हुनेछौँ ।’ उनले छोरीलाई पनि सँगै ल्याएका थिए । मैले उनकी छोरीसँग कुरा गरेँ । उनी आफ्नो विचारमा दृढ थिइन्, कुनै पनि हालतमा आफ्नो प्रेमीलाई नछाड्ने पक्षमा उनी थिइन्।

उनका बाबुले आफ्नी छोरी निकै जिद्धी भएको, आफू सम्झाएर थाकेको पनि मलाई बताएका थिए । मैले उनकै अगाडि उनकी छोरीलाई पोस्ट–हिप्नोटिजम्द्वारा उसको प्रेमी निकै कमजोर चरित्रको भएको, आफ्नो स्वार्थ पूरा गर्न मात्रै प्रेमको नाटक गरेको भावना सम्प्रेषण गरेँ । मैले उनलाई भनेँ, ‘उसले आफ्नो स्वार्थ पूरा गरेपछि तिमीलाई छाड्नेछ, अनि तिम्रो जीवन दुःखले भरिनेछ । त्यसैले बेलैमा तिमीले उसलाई त्याग्नु नै उचित हुनेछ । अब तिमी सम्मोहनबाट जागेपछि तिम्रो मनमा त्यस केटाप्रति घृणा जाग्नेछ । तिमीलाई उसको अनुहार पनि हेर्न मन लाग्नेछैन । सदाका लागि तिमीहरूको प्रेम समाप्त हुनेछ ।’

प्रत्येक व्यक्ति मिथकमा बाँचेको हुन्छ । यो थाहा पाएपछि भने अधिकांशलाई विचलित बनाउनेछ, किनभने पारम्परिक किसिमले मिथकको अर्थ हुन्छ, असत्य । कोही पनि असत्यमा जिउन चाहँदैन । हरेकले यो मानेको हुन्छ, म सत्यमै बाँचिरहेछु । मूलभूत रूपमा मिथक एक सांस्कृतिक रचना हो, विश्वको एक साझा बुझाइ हो, जसले व्यक्तिहरू र समुदायहरूलाई आपसमा जोड्छ । यो समझदारी धार्मिक वा धर्मनिरपेक्ष दुवै हुन सक्छ ।

यसपछि सम्मोहन निद्राबाट उनलाई उठाएँ, अहिले के भयो भन्नेबारे उनलाई बताइनँ । त्यही दिन नै उनीहरू अलिगढ फर्किए । त्यसको १५–२० दिनपछि मलाई ती केटीका बाबुको चिठी आयो, जसमा उनकी छोरीले प्रेमीसँग झगडा गरेको र प्रेमीको अनुहार पनि हेर्न नचाहेको उल्लेख थियो ।डा. नारायणदत्त श्रीमालीको पुस्तक ‘प्राक्टिकल हिप्नोटिजम्’मा यो प्रसंग उल्लेख छ ।यी चार प्रसंगले निश्चय नै तपाईंलाई केही सोच्न बाध्य बनाएको हुनुपर्छ । पछिल्लो प्रसंगमै जाउँ, जसमा एक युवतीलाई सम्मोहन विद्याका गुरुले सम्मोहित पारेका छन् ।

सोच्नुस् त, आफ्नैबारे वा आफ्नो समाजका ती मानिसहरूबारे, जो पुस्तौँ पुस्तादेखि सम्मोहित छौँ । र, भनिरहेछौँ, मानिरहेछौँ– यो गर्न हुन्छ, त्यो गर्न हुँदैन । यसलाई यो विधिबाट मान्नुपर्छ । त्यसलाई त्यो विधिबाट दुत्कार्नुपर्छ । त्यसो गरे पाप लाग्छ, देवता रिसाउँछन्, त्यसैले यसो गर्नुपर्छ । यसो गर्दा विभेद, अन्याय भए पनि वास्ता गर्नुहुँदैन ।

हामी हिन्दू संस्कारमा हुर्किएकाहरू दसैँ मनाउँछौँ वा मान्छौँ । दसैँ दुई प्रकारले मनाउन सकिन्छ । यसबारे केही नबुझी बच्चाले जस्तै खुसियाली पनि मनाउन सकिन्छ । अथवा, यसमा तर्कविनै केही मान्न सक्छौँ । जस्तो : दसैँ भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिन । राम देउता, रावण राक्षस ।

देउता असल, राक्षस खराब । त्यसैले यो दिन हाम्रा लागि महत्वपूर्ण छ ।संस्कृतिविद् सत्यमोहन जोशी आफ्नो पुस्तक ‘नेपाली चाडपर्व’मा लेख्छन्, ‘विजयादशमीको दिन भगवान् रामचन्द्रले शक्तिस्वरूपिणी दुर्गा भवानीको आराधना गरी दुष्ट रावणलाई मारी विजय प्राप्त गर्नुभएको हो भन्ने अनुश्रुतिहरूको कथन छ । यसबाट यो दसैँ कति पुरानो समयदेखि चलेर आइरहेको छ भन्ने थाहा हुन्छ ।’ रामलाई भगवान् र रावणलाई राक्षस मान्नुको पछाडि पौराणिक ग्रन्थको पूर्ण भूमिका छ । पौराणिक ग्रन्थ वाल्मीकिको रामायणमा राम असल, मर्यादापुरुष र रावणलाई खराब–राक्षस भनी वर्णन गरिएको छ । हामी तर्क नगरी मान्छौँ– राम असल, रावण खराब ।रावण खराब नै भएको हामीले देखेका होइनौँ, कुनै ठोस इतिहास वा प्रमाण पाएका पनि होइनौँ ।

हामीले केवल पौराणिक कथालाई विश्वास गरेका हौँ । पौराणिक कथाहरूले हामीलाई विश्वस्त पारेका छन्— राम असल, रावण खराब । सीता देवी, शुपर्णखा राक्षेसनी । कृष्ण सही, कंस गलत । पाण्डवहरू वीर, दयावान्, धर्मात्मा र कौरवहरू दुष्टात्मा । हामी जुन धर्म वा समुदायका हौँ, हामीले आफ्ना पौराणिक कथा, अनुश्रुतिहरूलाई कतिपय अवस्थामा अभिधा बुझ्यौँ, कतिपय अवस्थामा लक्षणा र व्यञ्जना बुझ्यौँ । कतिपय अवस्थामा अलौकिक शक्ति माथिको विश्वास वा अन्धविश्वासमा बुझ्यौँ । जेहोस्, हामीले त्यसलाई आत्मसात् गर्दै आयौँ ।

त्यस्तै, हामीले आ–आफ्नो परम्पराअनुसार इद मनाउन सक्छौँ, क्रिसमस वा उभौली–उधौली, ल्होसार, जात्रा–पर्व आदि मनाउँछौँ । यी सबैको पछाडि पौराणिक कथा, किंवदन्ती वा अनुश्रुति छन् । हामीसँग लिखित र एउटा समुदायले मानेको, स्विकारेको पौराणिक कथा मात्रै छैनन्, योसँगै लोककथा, दन्त्यकथा, अनुश्रुति पनि छन् । जसले हाम्रो जीवनको लयमा अवचेतन रूपमा तालमा ताल मिलाइरहेका छन्, जसबारे हामीले त्यति धेरै चेतन चिन्तन वा खोज नगरेका हुन सक्छौँ । गरे पनि पौराणिक वा अनुश्रुतिमय अवचेतनमै अभ्यस्त हुन सक्छौँ । पछिल्लो समय समाजको अध्ययनका लागि लोककथा, किंवदन्तीहरूको पनि संकलन सुरु गरिएको छ ।

लोककथाहरूको व्यवस्थित संकलन प्रारम्भ जर्मनीमा ग्रिम दाजुभाइले गरेका हुन् । ज्याकोब ग्रिम र विलहेल्म ग्रिम नामका दाजुभाइले जर्मन लोककथाहरूको संकलन गरी सन् १८१२ मा पहिलो भाग र सन् १८१५ मा दोस्रो भाग प्रकाशित गरे । हामीकहाँ अंग्रेजी शब्द ‘फोकलोर’ लाई लोकवार्ता वा लोकसाहित्यका रूपमा बुझिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित पुस्तक ‘नेपाली लोकवार्ता’मा समाविष्ट प्रा.डा. चूडामणि बन्धुको आलेखअनुसार विलियम जोन थम्सले सन् १८४६ मा फोकलोर अर्थात् लोकवार्ता शब्दको पहिलोपल्ट प्रयोग गरेका हुन् । उनले ‘फोकलोर’ शब्दलाई स्पष्ट परिभाषित त गरेनन्, तर रीतिथिति, धमिलिएका जनश्रुति र छरिएका गाथाहरू आदि शब्दबाट उनको अभिप्रायः बुझ्न सकिन्छ।

देउता असल, राक्षस खराब । त्यसैले यो दिन हाम्रा लागि महत्वपूर्ण छ ।संस्कृतिविद् सत्यमोहन जोशी आफ्नो पुस्तक ‘नेपाली चाडपर्व’मा लेख्छन्, ‘विजयादशमीको दिन भगवान् रामचन्द्रले शक्तिस्वरूपिणी दुर्गा भवानीको आराधना गरी दुष्ट रावणलाई मारी विजय प्राप्त गर्नुभएको हो भन्ने अनुश्रुतिहरूको कथन छ । यसबाट यो दसैँ कति पुरानो समयदेखि चलेर आइरहेको छ भन्ने थाहा हुन्छ ।’ रामलाई भगवान् र रावणलाई राक्षस मान्नुको पछाडि पौराणिक ग्रन्थको पूर्ण भूमिका छ । पौराणिक ग्रन्थ वाल्मीकिको रामायणमा राम असल, मर्यादापुरुष र रावणलाई खराब–राक्षस भनी वर्णन गरिएको छ । हामी तर्क नगरी मान्छौँ– राम असल, रावण खराब ।रावण खराब नै भएको हामीले देखेका होइनौँ, कुनै ठोस इतिहास वा प्रमाण पाएका पनि होइनौँ ।

‘लोक साहित्य र संस्कृतिका केही पाटाहरू’ पुस्तकमा मनोहर लामिछानेले डा. रामनाथ ओझा र मधुसूदन गिरीलाई उद्धृत गरेका छन्, ‘मानवसभ्यताको इतिहासमा अभिव्यक्तिको प्रथम सोपानका रूपमा जन्मेको जेठो साहित्य लोकसाहित्य नै हो । आदिम अपठित मानवको सहज, स्वाभाविक र अकृत्रिम साहित्य लोकसाहित्य हो ।’ हाम्रा पौराणिक कथा, लोककथा वा अनुश्रुतिमा केही मिथक वा असत्य अर्थात् विज्ञानले प्रमाणित गर्न नसक्ने घटना पनि छन् । जस्तो : भगवान् कृष्णले पहाडै उठाएर गोकुलवासीलाई वर्षाबाट बचाए, काल वा मृत्यु सबैले देखिने गरी मानिसलाई लिन आए ।

अंग्रेजी शब्द मिथ, माइथोलोजीलाई नेपाली र हिन्दी भाषामा मिथक वा मिथकशास्त्रका रूपमा बुझिन्छ । यसको मूल ग्रिक शब्द मुथोस हो, जसको सारभूत अर्थ आख्यान भन्ने नै लाग्छ । मिथकको अर्थबोध भारतीय दर्शनमा भने नयाँ होइन, हिन्दू ऋषिले मिथकलाई मिथ्याका रूपमा बुझ्दथे । पौराणिक कथा, साहित्य हाम्रा प्राचीन धरोहर हुन्, जसले हामीलाई आफ्नो प्राचीन इतिहासको खोज गर्न आधार दिएका छन् । पौराणिक कथाका कथातत्व, जसमा अलौकिक पात्र, परिवेश र घटना आउँछन्, जसमाथि लोकविश्वास छ, त्यसलाई नै नयाँ अर्थमा मिथकका रूपमा व्याख्या गरिएको छ ।

प्राचीन साहित्यको कथातत्वमा किन अलौकिक पात्र, घटना र परिवेश आउँछ ? यो गम्भीर खोज र चिन्तनको विषय हो । यद्यपि सामान्यतः यो अर्थ लगाउन सकिन्छ, जब मानिससँग विज्ञान थिएन, तीव्र कल्पनाशक्ति थियो । प्राकृतिक घटना वा विपत्पछाडिको कारण, ब्रह्माण्डको उत्पत्ति वा अन्त्य आदिबारे चिन्तन गर्दा मानिसले कल्पनाशक्तिको सहारा लिन्थ्यो । जस्तो : भूकम्प वा ज्वालामुखी, आँधीबेरी आदिको कारण कुनै अलौकिक वा दैवीशक्ति हुनुपर्छ । पानी भगवान्ले पार्दै छन् । आगो सूर्यदेवको उपज हो । प्राचीन युनानी दार्शनिकले आगो र जललाई मूल तत्व मान्थे । स्पष्ट छ– सृष्टिका लागि आगो (सूर्य) र जल (मौसम, वर्षा) को भूमिका अनिवार्य छ।

भारतीय विद्वान् राहुल सांकृत्यायन आफ्नो पुस्तक ‘दर्शनदिग्दर्शन’मा युनानी दार्शनिक पायथागोरसबारे लेख्छन्, ‘उपनिषद्का ऋषिहरूझैँ उनी पनि ठोस विश्वलाई छाडेर कल्पनाजगत्मा उड्न चाहन्थेँ भन्ने उनको दर्शनबाट स्पष्ट हुन्छ ।’ यहाँ राहुलले भारतीय प्राचीन ऋषिहरूको तीव्र कल्पनाशक्तिप्रति संकेत गरेका छन् । उनले लेखेका छन्, ‘आफ्नो अज्ञान, भयका कारण र सहारा खोज्न थालेपछि प्राकृतिक मानव देउताहरूसम्म पुग्यो । जब धर्म–देउतासम्बन्धी विश्वासले उसको बुद्धिलाई सन्तुष्ट पार्न छाड्यो, उसका दार्शनिक पखेटा उम्रिए । प्राकृतिक मानवलाई यात्राको प्रारम्भदेखि धर्मसम्म पुग्न पनि लाखौँ वर्ष लागेको थियो ।’

पौराणिक ग्रन्थ, गाथा वा कथामा कल्पनाशक्ति हाबी भएको त हामी बुझ्न सक्छौँ । तर, उनीहरूमा कल्पनाशक्तिसँगै चिन्तन, खोज र अभ्यास पनि थियो । जसले ज्योतिषशास्त्र, सिद्धि–साधना, मनोविज्ञान वा तान्त्रिकशक्तिको जन्म दियो । यसले मानिसको मानसिक विकास मात्रै गरेन, यो तत्कालीन समाजका सोझा मानिसमाथि शासन गर्ने हतियार पनि बन्यो । अद्भुत मानसिक आभास, पूर्वाभासमा आधारित कथा–काव्य रच्न सघायो ।

पौराणिक कथा वा लोककथामा अद्भुत मानसिक घटना, आभास, पूर्वाभास वा मानवीय शक्तिका उदाहरण पाइन्छन् । यस्ता मानसिक घटनाको संस्थागत अध्ययन भने पश्चिममा धेरै पछि भएको हो । ‘पारासाइकोलोजी’ अर्थात् परामनोविज्ञानबारे अध्ययन गर्न लन्डनमा सोसाइटी फर साइकिकल रिसर्च (एसपिआर) को स्थापना भयो, हेनरी सिजविकको अध्यक्षतामा, सन् १८८२ मा । जो पूर्वीय दर्शन वा साहित्यमा भने निकै पुरानो हो ।हिन्दू प्राचीन साहित्यमा शासक र समाजको उच्च वर्गले आफ्नो कुल, वंश वा गोत्रलाई स्थापित गर्न पनि बढाइँचढाइका पात्र र घटना ल्याएको बुझ्न सकिन्छ । रामायणलाई लिउँ, जो राजा दशरथ र उनका छोराहरुको जीवनी हो ।

हावर्ड फास्ट आफ्नो पुस्तक ‘लिटरेचर एन्ड रियालिटी’मा लेख्छन्, ‘हामी तीन हजार वर्षअघि रचिएको साहित्यसँग तादात्म्य राख्न, त्यसको सराहना गर्न र त्यसप्रति श्रद्धाञ्जलि दिन सक्छौँ । तर, तीन हजार वर्षअघि पृथ्वीको जुन भागमा उक्त साहित्य रचिएको थियो, त्यस भागमा यस्तो वर्ग–समाज रहेको थियो, जो आफ्नो कामका लागि अल्पसंख्यकद्वारा बहुसंख्यक मानिसहरूको शोषणमा निर्भर हुन्थ्यो ।’

मिथक बन्न वा मिथकले मान्यता पाउन लोकविश्वास अनिवार्य हुन्छ । मिथक कुनै जाति वा समुदायको मानसिकता पनि हो, जो मानिसको मन–मस्तिष्कमा अवचेतन रूपमा गढेर रहेको हुन्छ ।आजको समाजको मनोविज्ञान, मानसिकता, चेतना, अवचेतनामा धार्मिक ग्रन्थ वा मिथकको भूमिका देखिन्छ । आममानिसको मनोविज्ञान बदल्न पनि आधुनिककालको साहित्यमा मिथकको प्रयोग हुन थालेको पाइन्छ ।

‘ऐतिहासिक दृष्टिले मिथ शब्द धार्मिक अनुष्ठानबाट पैदा भएको र त्यसैसँग जोडिएको हुन्छ । यो धार्मिक अनुष्ठानबाट उच्चरित अंश हो,’ रेने वेलेक र अस्टिन वारेनको पुस्तक ‘थ्यौरी अफ लिटरेचर’मा उल्लेख छ, ‘हामी सुन्छौँ कि विश्व साहित्यमा मिथलाई पुनः स्थान दिन लागिएको छ । सँगै यो पनि सुन्छौँ, न मिथको रचना गर्न सकिन्छ, न मिथमाथि विश्वास गर्न सकिन्छ, न त कसैलाई विश्वस्त पार्न नै सक्छौँ । …धर्म एक ठूलो रहस्य हो, कविता छोटो रहस्य हो । धार्मिक मिथ (पुराणकथा) कविकृत रूपकको व्यापक स्वीकृति हो।’

यद्यपि, आजको समाजलाई आख्यानले प्रभाव पारिरहेकै छ । यो पंक्तिकारलाई एक युवतीले भनिन्, ‘भूकम्पका बेला सबै भूकम्पकै डरमा थिए, तर मैले भारतीय कलाकार सलमान खानबारे सोचिरहेकी थिएँ । उसलाई अदालतले कस्तो फैसला गर्ने होला भन्ने मनमा आइरहन्थ्यो । उसले खेलेको ‘बडिगार्ड’ फिल्म मलाई खुब मनपरेको हो ।

उसले फिल्ममा गरेजस्तै उड्ने, उफ्रने, हान्ने त होइन, कम्तीमा मेरो प्रेमी बलियो, आकर्षक जिउडालको र साहसी होस् । अनि, करिनाको बडिगार्डजस्तै निर्दोष ।’ मैले उनलाई भनेँ, ‘बडिगार्ड अर्थात् लभ्ली सिंह त आख्यानको पात्र हो । तिमीलाई सलमान मनपरेको हो कि लभ्ली सिंहको चरित्र ? सलमानले त कसैले लेखेको स्क्रिप्टमाथि अभिनय गरेका हुन् । अनि, त्यही भूमिका इरफान खानले निभाएको भए तिमी उसलाई सलमानलाई जत्तिकै मनपराउँथ्यौ ? तिमीले प्रेमीको रूपमा चाहेको सलमान नै होइन होला, कोही होला, जसको स्वभाव वा चरित्र लभ्ली सिङको जस्तै होस् ?’ उनको जवाफ थियो, ‘खोइ, थाह छैन ।’

जेहोस्, यहाँ ती युवतीले सलमान खानलाई मनपराउनुमा बडिगार्ड फिल्मको कथातत्वको पनि भूमिका छ । अझ कतिपय फिल्ममा हिरोलाई पौराणिक कथाको वीर चरित्रलाई जस्तै प्रस्तुत गरिन्छ । पौराणिक कथामा आधारित फिल्मलाई छाडौँ, आधुनिक मानिसको कथामा आधारित कतिपय फिल्ममा आममानिसले कल्पना गरेभन्दा बढी हिरो उफ्रन, उड्न र प्रतिद्वन्द्वीसँग भिड्न सक्छ ।

यसमाथि ती युवतीले मिडियामा सलमानलाई हेर्दै र पढ्दै पनि आएकी छन् । अर्कोतिर, आजका मिडिया नै आख्यान वा मिथकजस्ता लाग्छन् । सामान वा उत्पादनको हुँदोनहुँदो विज्ञापन गर्नु, सेलेब्रिटी खेलाडी, गायक, संगीतकर्मी, रंग वा चलचित्रकर्मी, लेखकलाई आख्यानका पात्रलाई जस्तै बढाइचढाइ गरी प्रस्तुत गर्नु आजको मिडियाको प्रवृत्ति नै बनेको देखिन्छ । आज एउटा टेलिभिजन सोमा नृत्य वा गायन जितेको कलाकारले मिडियामा यति स्थान पाउँछ, मानौँ उसले आफ्नो देशका सारा मानिसलाई रोग, भोक, गरिबीबाट मुक्त गरेको छ ।

एउटा अन्तर्राष्ट्रिय खेल जितेको खेलाडीलाई संसारको सारा अन्याय, विभेद र साम्राज्यवादलाई जितेजस्तो गरी प्रस्तुत गरिन्छ । यी पनि डरलाग्दा नवमिथक हुन् । जसले मानिसमा राष्ट्रवादी र कलाप्रेमी भाव त जगाएका छन्, सँगसँगै मानिसले आधारभूत रूपमा बुझ्नैपर्ने समन्यायको ज्ञान वा मुद्दालाई ओझेल पारिरहेछन् ।

साहित्य र मिथकमा तात्विक भेद छ । मिथक सामूहिक अवचेतनको अभिव्यक्ति हो भने साहित्यमा वैयक्तिक अनुभव र बुझाइ पनि आउँछ । विज्ञानको आँखाबाट हेर्दा साहित्यमा समाज र प्रकृतिको वास्तविकतासँगै कल्पना र मिथ्या पनि पाइन्छ । सबै कल्पना कोरा हुन्छन् भन्ने होइन, कतिपय कल्पना विज्ञानको नजिक हुन सक्छ । विज्ञान पनि कल्पनाकै उपज हो ।यद्यपि साहित्यमा समाहित कल्पना समाज र प्रकृतिभन्दा पर हुँदैन, भलै साहित्यकारको चेत अनुभवजन्य वा आत्मिक होस्, उसले देश र समाजका विविध समुदाय, वर्ग र लिंगलाई बेवास्ता गरेको होस् ।

आजको समाजमै आधारित साहित्यमा पनि मिथक वा असत्य हुन्छ, भलै त्यो अलौकिक नहोस् । साहित्यकारले जति बुझेको, जानेको, देखेको, भोगेको, अध्ययन गरेको छ, त्यसकै कसीमा साहित्य सिर्जना हुने हो । एउटी महिला वा एउटा उत्पीडित वर्गको व्यक्तिको दुःख–पीडा मात्रै देख्ने साहित्यकारले उसको अगाडिको बाटो वा विद्रोह नदेख्न सक्छ । कुनै पौराणिक कथा वा धर्मग्रन्थ अनुसारको शासकीय सोचका कारण कुनै वर्ग, समुदायको व्यक्ति अन्यायमा परेको हुन सक्नेसम्म त्यस लेखकको चिन्तन नपुग्न सक्छ ।

डा. देवदत्त पटनायकले भनेझैँ सम्प्रभुता, राष्ट्र राज्य, मानवाधिकार, महिला अधिकार, पशु अधिकार र समलिंगीका अधिकारलाई पनि मिथक वा असत्य मान्नु गलत होला । न्याय र अन्यायलाई त मानिसले महसुस, बोध र भोग गर्न सक्छ । जहाँ अन्याय वा विभेद छ, त्यहीँ नै अधिकारको कुरा आउने हो । त्यसैले आजका चेतनशील लेखक, कलाकार, नेताले कहाँ, कस्तो मिथकले कस्तो प्रभाव पारिरहेको छ, ख्याल गर्न आवश्यक छ । नयाँ मिथकको सहारामा मानिसलाई न्याय र अन्यायको बोध गराउन आवश्यक छ ।