उनको पूरा नाम फेलिक्स फ्र्वास्वाँ जर्जेस फिल्बर्ट सिएम भए पनि उनलाई चिन्नेहरूले फेलिक्स सिएम भनी चिन्छन् । उनी त्यो बेलाको चल्तीको चित्रकार र खासगरी समुद्र किनारमा रोकिएका जहाजहरूका बारेमा चित्र बनाउन खप्पिस मानिन्थे । किनारामा रोकिएका ठाउँठाउँका जहाज, थरिथरिका जहाज देख्नेबित्तिकै यो चित्रकला पक्कै पनि फेलिक्सको हुनुपर्छ भनी उतिबेलै चिनिन्थे ।

यिनै फेलिक्सको जन्म हिजो अर्थात् २६ फेब्रुअरी १८२१ मा भएको थियो । उनी आर्किटेक्ट हुन चाहन्थे । सोहीअनुरूपको पढाइ पनि नगरेका होइनन् तर चित्रकारका रूपमा बढी प्रख्याति बटुले ।

खासमा उनी जब घुम्नका लागि भनी इटाली पुगे र खासगरी भेनिस शहर देखेर उनी मुग्ध भए । त्यहीँ उनले आँखामा सजाउने मात्र होइन, यसलाई चित्रैमा उतार्नुपर्ने महसुस गर्दै भेनिसका गल्ली र समुद्र किनारमा रोकिएका जहाजहरूका बारेमा चित्र बनाउँदा-बनाउँदै उनले यसैलाई मूल पेशा बनाए ।

उनको निधन १९११ नोभेम्बर १० मा हुँदा उनको बेग्लै पहिचान बनिसकेको थियो । फ्रान्सेली सरकारले उनलाई विशेष सम्मानका साथ अन्त्येष्टि गरेको थियो भने चेभलियर अफ द लिजन अफ अनर जस्तो प्रतिष्ठित सम्मानसमेत अर्पित गरेको थियो ।

त्यो भन्दा उनी संघर्ष गरिरहेका युवा कलाकारहरूलाई प्रोत्साहनका लागि सधैँ सहयोग गर्ने मनकारी व्यक्तिका रूपमा उनी सधैँ चिनिइरहनेछन् ।

आज उनैको स्मृतिमा लंगरमा अड्किएका समुद्र किनारका जहाजहरूका चित्र हेर्नेछौँः