
सन्दर्भः आधा शताब्दी अघि चन्द्रमामा मानव पुगेको बेला लेखिएको कविता ।
चन्द्रलोकका यात्रीलाई
केवल एक मुठ्ठी धुलो होइन
केवल एक टुक्रा चट्टान होइन
ए चन्द्रलोकका यात्री !
के तिमीहरुले ल्याएका छौ
आफूसित एक मुठ्ठी जून पनि ?
अब यस धरतीमा कहिल्यै
कहिल्यै पनि
के
औंसीको रात आउने छैन र ?

नर्मदेश्वर प्रधान
अनुवादः आर. मानन्धर
मूल नेपाल भाषामा
चन्द्रलोकयायात्रीयात
केवल छम्हू धू मखु
केवल छम्हू ल्वहंचुं मखु
अय् चन्द्रलोकयायात्रीत !
छु छिमिसंथःलिसें
छम्हू तिमिला नं हयागु दु ला?
आःथुगु धरतीइगुबलेंगुबलें
छु
आमैया चा नं वइ मखु ला?
कवि परिचय
प्रा. नर्मदेश्वर प्रधान कवि, कथाकार तथा समालोचकको रूपमा चिनिन्छन् ।साहित्यिक सिर्जनामा मात्र सीमित नभई उनले साहित्यिक सिद्धान्त र दर्शनमा पनि उत्तिकै कलम चलाएका छन् ।
श्रेष्ठ सिरपा पुरस्कार (ने. सं. ११०५), नःलिप्रधान सिरपा (ने. सं. ११२७) र भाषाथुवाःउपाधि (ने. सं. ११२८)बाट विभूषित प्रधानका विभिन्न विधामा नौवटा पुस्तक प्रकाशित छन् ।ने. सं १०९१ (ई १९६९) मा प्रकाशित यो कविता उनको प्रकाशोन्मुख कविता–संग्रह ‘जिगु गद्य कविता’बाट लिइएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

