
छत्तीसौँ चरणको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताकाे छत्तीसौँ साताका लागि कुनै पनि विषय तोकिएको छैन । यस चरणमा प्रतियोगी कथाकारहरूले स्वतन्त्र रूपमा विषय छनोट गरी लघुकथाकाे कथानक बनाउनुपर्ने छ ।
छत्तीसौँ साताकाे प्रतियोगिताका लागि आमन्त्रित निर्णायकमा साहित्यकार कृष्णजी शर्मा (घनश्याम डल्लाकोटी) रहनुभएकाे छ । शर्मा नेपाली लघुकथाको विकाशको लागि खटिएका एक कुशल अभियन्ताका साथै “नमस्ते आधुनिक लघुकथा मञ्च”को संस्थापक एडमिन हुनुनुन्छ । उहाँ र उहाँको समूहले मानव सेवा र लघुकथाको विकाशको कार्यक्रम समानान्तर रूपमा अगाडि बढाइरहेको छ ।
नियमित निर्णायकमा लघुकथा समाजका अध्यक्ष तथा गोरखापत्रका पूर्व प्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदन रहनुभएको छ । नेपाली लघुकथाकारहरुलाई गोलबद्ध गर्ने काममा लाग्नुभएका श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानसँग मिलेर लघुकथाको नियमलाई व्यवस्थित बनाउनेमध्ये पर्नुहुन्छ । उहाँका दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
श्रेष्ठले एकपटक विजेता भइसक्नुभएका कथाकारलाई आफ्नो लघुकथा “अप्रतियोगी”का रूपमा पठाउन अनुराेध गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “अघिल्लो साता अत्यन्तै कम लघुकथा प्राप्त भएकाले एक लघुकथालाई मात्र विजेता घाेषित गरेका थियाैँ । सम्पूर्ण स्रष्टाहरूमा आफ्ना लघुकथाहरू सम्प्रेषण गरी प्रतियोगितामा सहभागी हुन निर्णायक मण्डल अनुरोध गर्दछ ।”
त्यस्तै, अर्का निर्णायकमा साहित्यपोस्टका लघुकथा सम्पादक दीपक लोहनी रहनुभएकाे छ । साहित्यपोस्टमार्फत् लघुकथासम्बन्धी खोज अनुसन्धान गरिरहनुभएका दीपक दुई दशकयता साहित्यिक पत्रकारितामा सक्रिय हुनुहुन्छ । लोहनीका लघुकथासहित केही पुस्तकहरु प्रकाशित छन् ।
लघुकथामा रुची भएका साहित्यकारहरुले स्वतन्त्ररूपमा लेखिएका आफ्ना लघुकथाहरुलाई तलको कमेन्ट बक्समा राख्नुपर्ने छ । तीमध्ये सर्वोत्कृष्ट लघुकथा छानिने छन् । हरेक साता छानिने ती उत्कृष्ट कथाहरुलाई आगामी वर्ष वर्षका उत्कृष्ट लघुकथाका रुपमा प्रकाशन गरिनेछ ।
चयन गरिएका ती कथाका स्रष्टाहरुलाई हरेक साता १० वटा लघुकथाका सिद्धान्तका पुस्तक र नेपाली साहित्यका चर्चित लघुकथासङ्ग्रह पुरस्कारका रुपमा वितरण गरिनेछ ।
वर्षका अन्त्यमा ती कथाहरुलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ । अन्त्यमा कृतिमा परेका लघुकथाहरुमध्येबाट ३ वटा सर्वोत्कृष्ट कथाहरु छानिनेछ । ती स्रष्टाहरुलाई नगद ३० हजार, २० हजार र १० हजारका साथमा १०–१० थान चर्चित आख्यानका कृति पनि उपहार दिइनेछ ।
प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यवसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म झण्डै दुई सय पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरुका लागि सिर्जनात्मक कक्षाहरु पनि सञ्चालन गरिरहेको छ ।
प्रतियोगितामा भाग लिनका लागि निम्न कुराहरुलाई ध्यान दिइनुपर्ने बताइएको छः
क) यो खुलाप्रतियोगिता हो । प्रतियोगितामा सामेल भएका लघुकथा नेपाली भाषामा लेखिएको हुनु पर्नेछ । यसमा सबै वर्ग, क्षेत्र र उमेरका साहित्यकारहरुले भाग लिन पाउनु हुनेछ । कथालाई तल कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।
ख) यसपटकको लघुकथाका लागि कुनै विषय तोकिएको छैन । लघुकथाकारले स्वतन्त्र रूपमा लेखिएका लघुकथाहरू प्रतियोगितामा पठाउन सक्नुहुने छ ।
ग) लघुकथा बढीमा २ सय ५० शब्दको हुनुपर्नेछ । त्यसभन्दा लामो कथा पोस्ट भए पनि त्यसलाई प्रतियोगी कथाका रुमपा सामेल गरिने छैन ।
घ) लघुकथा पूर्वप्रकाशित भए पनि फरक पर्दैन । तर यसअघि प्रतिस्पर्धामा पुरस्कृत कथालाई पुनःप्रतियोगितामा सामेल गर्न पाइने छैन ।
ङ) लघुकथा मौलिक हुनुपर्नेछ । कुनै लेखकले आफ्नो कथा चोरिएको दाबी गरेमा र त्यो प्रमाणित भएमा पुरस्कार रद्द गरिनेछ ।
च) कुनै स्रष्टाले आफ्नो लघुकथालाई प्रतिस्पर्धामा सामेल गराउन नचाहेमा त्यसको माथि स्पष्टरुपमा अप्रतियोगी लघुकथा लेखेर पोस्ट गर्नुपर्नेछ । अप्रतियोगी लेखिएका कथालाई प्रतियोगितामा सामेल गरिने छैन ।
छ) यो प्रतियोगिताको समय अहिलेदेखि सुरु भएर जेठ १४ गते (शनिबार) राति ११ बजेर ५९ मिनेटसम्म कायम रहनेछ । त्यसपछि पोस्ट गरिएको कथालाई मान्यता दिइने छैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

सुरू भयो लघुकथा प्रतियोगिताकाे उन्नाइसाैँ चरण; आमन्त्रित निर्णायकमा लक्ष्मण अर्याल

लघुकथा प्रतियोगिताको छत्तीसौँ चरणः भाषण, सडकको निसाफ र छिमेकी विजयी

सुरू भयो लघुकथा प्रतियोगिताकाे बत्तीसौँ चरण; आमन्त्रित निर्णायकमा तुलसीहरि काेइराला
