साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको चौथो संस्करणका लागि कविता आह्वान गरिएको छ ।

विमल नेपाल

अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताको चार वटा संस्करणहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

पाँच संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ।

प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर फेसबुक, इमेल तथा अन्य माध्यमबाट कविता पठाउनु भएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्।

प्राप्त कविताहरूमध्ये हरेक साता तीन वटा उत्कृष्ट रचनाहरु चयन गरिनेछ । यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स‌ंग्रहका रुपमा प्रकाशित गरिनेछ ।

हरेक आइतबार कविताको नजिता प्रकाशन गरिनेछ भने यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो शनिबार अर्थात्  असार ६ गते राति १२ बजेसम्म रहेको छ।

(तस्बिरबारे: सूर्योदय, शहर, नदी, मान्छे र गन्तव्य)

हेर्नुहोस् तस्बिर र कवितामा उतार्नुहोस्;

अब तपाईंको मनमा उब्जेका भावनामा कवितात्मक  पुट दिएर तलको कमेन्ट बक्समा पाेस्ट गर्नुहाेस् । याे प्रतियाेगिताका लागि यहीँ  कविता  राख्न अनिवार्य छ ।