साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो-कविता आह्वान गरिएकाेमा याे साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट चयन गरेको छ ।
तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट कविताहरू चयन गरेको हो । मण्डलका सदस्यमध्ये एक साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले पाठकहरूको सशक्त उपस्थितिले प्रतियोगिताको औचित्य पुष्टि गरेको र यस किसिमको सहभागिताबाट अझ ठूलो हौसला प्राप्त गरेको बताए ।
प्रतियोगिताको नियममा बाँधिएर ३१ वटा कविता प्राप्त भएका थिए भने नियमविपरीत कयौँ काव्य सिर्जना प्राप्त भएका थिए । नियमविपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले बताएको छ ।
राम्रामध्येका सबैभन्दा राम्रा कविताहरूको छनोट ज्यादै दुरूह भएकाले यस पटक सर्वोत्कृष्ट तीन छनोट गरिएको छ । ‘नियमअनुसार हामीले तीन वटा मात्र छान्न सक्थ्यौँ । यहाँ छानिएका सबै कविता सर्वोत्कृष्ट हुन् ।’
कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरिएको निर्णायक मण्डलले बताएकाे छ । सबै उत्कृष्ट भएकाले यसाे गरिएकाे निर्णायक मण्डलले जनाएकाे छ । याे साता टीका आत्रेयको ‘उषासँगै’, प्रभा खड्काको ‘दौड’ र दिलिप बान्तवाको ‘रातो यात्रा’ छनाेट भएका हुन् ।
छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ ।
अर्काे फाेटाे-कविता प्रतियाेगिता आइतबार बिहानदेखि शुरू हुनेछ ।
पुरस्कृत कविता तल पढ्नुहोस्ः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।