साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नयाँ स्तम्भ: फोटो कविता प्रतियोगिता

Chovar Blues Mobile Size

साहित्यपोस्ट भाषा र साहित्यको सम्पूर्ण पोर्टल हो । यसमा लेखक–कविका सिर्जनालाई मात्र स्थान दिइँदैन, रचना गर्ने वातावरण पनि तयार गरिन्छ ।

यसै सन्दर्भमा पहिलो पाइलाका रुपमा अगाडि आएका छन्, चर्चित फोटोपत्रकार विमल नेपाल र उनको संस्था www.bimalphoto.com । अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि उनी फोटोपत्रकारिता गर्छन् । हार्वर्ड युनिभरसिटी छेवैमा फोटो स्टुडियो खोलेका उनले केही समय पानासोनिक युएसको लुमिक्स क्यामेरा विभागमा विशेषज्ञ भएर काम गरेका थिए । नेपालमा आर्थिक पत्रकारिता गर्दागर्दै फोटोग्राफीको अध्ययन गर्न अमेरिका गएका उनका तस्बिरहरु नेसनल जियोग्राफिक लगायतका प्रतितिष्ठित पत्रिकाहरुमा छापिएका छन् ।

www.sahityapost.com र www.bimalphoto.com को संयुक्त आयोजनामा हरेक शनिबार एउटा तस्बिर राखिनेछ । उक्त तस्बिरलाई आधार मानेर सर्जकहरुले कविता लेखेर तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । ती मध्येबाट हरेक साता तीन वटा  उत्कृष्ट रचनाहरु चयन गरिनेछ । यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स‌ंग्रहका रुपमा प्रकाशित गरिनेछ ।

हरेक शुक्रबार प्रकाशन गरिने यस फोटो कविता प्रतियोगिताको समयावधि त्यसै हप्ताको शुक्रबार रातको बाह्र बजेसम्म रहने छ । यस पहिलो हप्ताका लागि आउने शुक्रबार, जेठ ९ गते रातको १२ बजेसम्म प्राप्त कवितालाई यस प्रतिस्पर्धामा समावेश गरिने छ ।

हेर्नुस् फोटो

sagarmani mobile size

अब तपाईंको मनमा कस्ता भाव आए, त्यसलाईं कविताको रूपमा तल कमेन्ट बक्समा पोस्ट गर्नुस् ।

प्रतिक्रिया
Loading...