साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ ।

यस चरणमा साहित्यपाेस्टले फोटाेसँगै अन्तर्दृष्टि अथवा भौतिकता विषय दिएर कविता आव्हान गरेको थियो । फाेटाेका साथमा विषय पनि दिँदा प्राप्त कवितामा विशिष्ठता आएकाे निर्णायक मण्डलले जनाएकाे छ ।

यो साता रमेश प्रभातको सुख के हो ?, मन्जु थापा ‘आनन्द’को जाऊ ! अन्तर यात्रामाविवेक धिमालको अन्तर्दृष्टि गरी तीनलाई उत्कृष्टमध्येबाट सर्वोत्कृष्ट चयन गरिएको छनोट समितिले जनाएको छ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो ।

छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ ।

प्रतियोगिताको रीत पुर्याई १८ वटा कविता प्राप्त भएका थिए । त्यस्तै नियमविपरीत समय कटेर, इमेलमार्फत् तथा साहित्यपोस्टको फेसबुक मेसेजमा गरी जम्मा ११ वटा सिर्जनाहरू प्राप्त भएका थिए । नियमविपरीतका ती ११ वटा सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ ।

कवितालाई प्रथम, द्वितीय र तृतीय भनेर वर्गीकरण नगरी उत्कृष्टमध्येबाट तीन सर्वोत्कृष्ट कविता छनोट गरिएको छ ।  उत्कृष्टबाट प्रथम, द्वितीय र तृतीय छान्न गाह्राे भएकाले सर्वाेत्कृष्ट घाेषणा गरिदै आएको साहित्यपोस्टका काव्य विभाग प्रमुख निरज दाहालको भनाइ छ ।

फोटो कविता प्रतियोगिताको एघारौँ शृंखला भोलिदेखि सुरू हुनेछ ।

 

 

यस्ता छन् पुरस्कृत कविका कविताहरूः