साहित्यपोस्ट
साहित्यपोस्ट विद्युतीय पत्रिका ह्याक भएपछि रोकिएका प्रतियोगिताहरु पुनः सुरु भएका छन् । फोटो कविता प्रतियोगिताबाट यसको प्रारम्भ भएको साहित्यपोस्टले जनाएको छ । साहित्यमा रुचि राख्ने नवसाहित्यकारहरुको स्तरवृद्धिलाई ध्यानमा राखेर ती प्रतियोगिताहरु सुरु भएका थिए । साहित्यपोस्ट प्रारम्भ भएयता हरेका साता मुक्तक र फोटो कविता प्रतियोगिताहरु भइरहेका छन् भने सरकारले लिपुलेक लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि निबन्ध प्रतियोगिता पनि सुरु भएको थियो ।
ती सबै प्रतियोगिताकाका उत्कृष्ट रचनाहरु पुस्तककारका रुपमा प्रकाशन हुने जनाइएको छ । ती पुस्तकहरु शिखा बुक्स र साहित्यपोस्टको संयुक्त लगानीमा प्रकाशन हुनेछन् । पुस्तकको डिजिटल भर्सन साहित्यपोस्टमा र छपाइ भर्सन शिखा बुक्सले प्रकाशन गर्ने सहमति भएको छ ।
‘लामो बाटो तय गर्न हिँडेको साहित्यपोस्टमा केही व्यवधान आएका थिए । अब हामी प्राविधिकरुपमा थप बलिया भएका छौँ ।’ साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘केही साता प्रतियोगिता रोकिने कारण पनि भोलिका दिनमा त्यस्ता व्यवधान नआऊन् भन्ने थियो, अब ढुक्क भयौँ ।’
फोटो कविता प्रतियोगिता ९ का लागि कविता आव्हानः
साहित्यपोस्ट साहित्य क्षेत्रको यस्तो पत्रिका हो, जसले लेखक–कविहरूका उत्कृष्ट रचना मात्र प्रकाशित गर्दैन, नवप्रतिभाहरूलाई फल्ने फूल्ने वातावरण पनि तयार पार्दछ ।
यसै सन्दर्भमा साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको आठौँ संस्करणका लागि कविता आह्वान गरिएको छ। यो फोरम नवप्रतिभा एवं चर्चित कविहरूको संयुक्त फोरम हो, जहाँ तोकिएको विषय र तस्बिर दिएर कविता लेखनको प्रतिस्पर्धा गराइन्छ ।
अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाईनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताका सातवटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । आठौँ संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ।
प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर साहित्यपोस्टको फेसबुक पेज, इमेल ठेगाना र अन्य माध्यमबाट कविता पठाउनुभएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्।
यो प्रतियोगितामा कविता पठाउन यसै पेजको तल कमेन्ट बक्समा तस्बिरसँग मिल्दो कविता पठाउनु पर्ने निर्णायक मण्डलले जनाएको छ ।
प्राप्त कविताहरूमध्येबाट तीनवटा उत्कृष्ट रचनाहरु प्रत्येक साता चयन गरिनेछ। यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो कवितासंग्रहका रुपमा प्रकाशित गरिनेछ । उत्कृष्ट कवि–कवयत्रीहरूलाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार पनि अर्पण गरिनेछ ।
यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो शनिबार अर्थात श्रावण २४ गते राति १२ बजेसम्म रहेको छ। प्राप्त कविताहरूलाई विज्ञ एवं स्वतन्त्र कवि एवं समीक्षकहरूको रहोबरमा भोलिपल्ट २५ गते कविताको नजिता प्रकाशन गरिनेछ ।
यसपटकको फोटो र कविताको विषय रहेको छः ‘बालबालिका’ अथवा ‘निश्छलता’
यी दुवै विषयमध्ये तल दिइएको तस्बिरमा रहेर एक, जुन कुराले कविको मन छुन्छ, त्यही विषयमा रचना पोस्ट गर्न सक्नुहुनेछ ।
हेर्नुहोस् तस्बिर र तल कमेन्ट बक्समा कविता पोस्ट गर्नुहोस्ः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।