
विमल नेपाल
साहित्यपाेस्ट साहित्य क्षेत्रकाे यस्ताे पत्रिका हाे, जसले लेखक–कविहरूका उत्कृष्ट रचना मात्र प्रकाशित गर्दैन, नव प्रतिभाहरूलाइ फल्ने फूल्ने वातावरण पनि तयार पार्दछ ।
यसै सन्दर्भमा साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको सातौँ संस्करणका लागि कविता आह्वान गरिएको छ। याे फाेरम नव प्रतिभा एवं चर्चित कविहरूकाे संयुक्त फाेरम हाे, जहाँ ताेकिएकाे विषय र तस्बिर दिएर कविता लेखनकाे प्रतिस्पर्धा गराइन्छ ।
अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताका छ वटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।
सातौँ संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ।
प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर साहित्यपाेस्टकाे फेसबुक पेज, इमेल ठेगाना र अन्य माध्यमबाट कविता पठाउनु भएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्।
याे प्रतियाेगितामा कविता पठाउन यसै पेजकाे तल कमेन्ट बक्समा तस्बिरसँग मिल्दाे कविता पठाउनु पर्ने निर्णायक मण्डलले जनाएकाे छ ।
प्राप्त कविताहरू मध्येबाट तीन वटा उत्कृष्ट रचनाहरु प्रत्येक साता चयन गरिनेछ। यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता संग्रहका रुपमा प्रकाशित गरिनेछ ।उत्कृष्ट कवि–कवयत्रीहरूलाइ सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार पनि अर्पण गरिनेछ ।
यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो शनिबार अर्थात असार २० गते राति १२ बजेसम्म रहेको छ। प्राप्त कविताहरूलाइ विज्ञ एवं स्वतन्त्र कवि एवं समीक्षकहरूकाे रहाेबरमा भाेलिपल्ट २१ गते कविताको नजिता प्रकाशन गरिनेछ ।
यसपटककाे फाेटाे र कविताकाे विषय रहेको छः आधुनिक नारी अथवा नारी साैन्दर्य
यी दुबै विषय मध्ये तल दिइएकाे तस्बिर मध्ये एक, जुन कुराले कविकाे मन छुन्छ, त्यही विषयमा रचना पाेस्ट गर्न सक्नुहुनेछ ।
हेर्नुहोस् तस्बिर र तल कमेन्ट बक्समा कविता पोस्ट गर्नुहोस्ः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

