![]()
उनन्तीसाैँ चरणकाे मुक्तक प्रतियोगिताका लागि साहित्यपोस्टले पुनः मुक्तक आव्हान गरेकाे छ । मुक्तक प्रतियोगिताकाे उनन्तीसाैँ संस्करणलाई नयाँ वर्ष विशेष घाेषणा गर्दै नयाँ वर्ष, उमङ्ग र अपेक्षा गरी तीन विषय दिएर मुक्तक आव्हान गरिएकाे छ ।
साहित्यपोस्टका अनुसार प्राप्त मुक्तकहरूलाई विज्ञ समालोचक एवं मुक्तक विधामा नाम चलेका व्यक्तिहरूको रहोबरमा छानिने छ । यसरी छानिएका तीन मुक्तककारका तीन–तीन मुक्तकहरूलाई वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरूको संगालो प्रकाशन गरिने छ ।
त्यसैगरी पुस्तकको डिजिटल कपी साहित्यपोस्टमा पढ्न र सुन्नसमेत पाइने छ । साथै, उत्कृष्ट मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरूलाई सार्वजनिक अभिनन्दनसहित आकर्षक नगद पुरस्कार पनि प्रदान गरिने छ ।
यसअघि यस प्रतियोगिताका २८ चरणहरू लक्ष्मणप्रसाद गाैतमकाे नेतृत्वमा सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।
गाैतमकाे नेतृत्व मण्डलमा मुक्तकमणि तीर्थराज, समालाेचक ज्ञानु अधिकारी तथा साहित्यपाेस्टकी मुक्तक सम्पादक निशा केसी रहनुभएकाे छ ।
छब्बीसाैँ चरणदेखि नयाँ निर्णायकमा मुक्तकमणि तीर्थराज अधिकारी थपिनुभएकाे छ भने साहित्यपाेस्टका प्रधानसम्पादक अश्विनी काेइराला निर्णायक मण्डलबाट बाहिरिनुभएकाे छ । अबकाे निर्णायक मण्डलमा मुक्तकमणि अधिकारीका साथमा लक्ष्मणप्रसाद गाैतम, ज्ञानु अधिकारी र निशा केसी रहनुहुनेछ ।
त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएकाे छ । त्यस्तै, नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुनुहुन्छ ।
राजनीतिशास्त्रमा स्नातकाेत्तर गर्नुभएका तीर्थराज अधिकारीका जूनकीरी, तीन लय तेह्र गीत, झटाराे, याे कस्काे हात हाे ? लगायत कृतिहरू प्रकाशित छन् । त्यस्तै उहाँका कथा, गीत, कविता, समसामयिक लेख तथा मुक्तकहरू विभिन्न सञ्चारमाध्यममा प्रकाशित छन् । विद्यार्थीकालमा राजनीतिक मुद्धामा ६ महिना जेल सजाय भाेग्नुभएका अधिकारी मुक्तकमणिकाे विशेषणबाट विभुषित हुनुहुन्छ ।
समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गर्नुभएकाे छ । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचकमध्ये एक हुनुहुन्छ ।त्यस्तै, निशा केसी साहित्यपाेस्टकी मुक्तक सम्पादक हुनुहुन्छ ।
यस चरणका लागि तीन विषयहरू यस प्रकार रहेका छन्ः
पहिलो मुक्तकको विषय
‘नयाँ वर्ष’ (यसलाई छुने जुनसुकै विषय वा घटना)
दोस्रो मुक्तकको विषय
‘उमङ्ग’ (यसलाई छुने जुनसुकै विषय वा घटना)
तेस्रो मुक्तकको विषय
‘अपेक्षा’ (यसलाई छुने जुनसुकै विषय वा घटना)
नियम यसप्रकारका छन्ः
— सहभागीहरूले प्रत्येक विषयमा एक–एकवटा गरी तीनवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।
— मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ ।
— प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नवीन कथ्यका आधारमा एक-एक नम्बर प्राप्त गर्नेछन् ।
— पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन ।
– एकपटक पुरस्कृत भइसकेका मुक्तककारलाई प्रतियोगितामा समावेश गरिने छैन ।
— यसअघि अनलाइन, छापा वा स्मारिकाहरूमा प्रकाशन भइसकेका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन तर आफ्नो फेसबुक वालमा राखिएका मुक्तकहरू भने स्वीकार गरिने छन् ।
मुक्तक प्रतियोगिताकाे उनन्तीसाैँ चरण अहिल्यैबाट सुरु भई अर्को साताको बिहिबार (वैशाख १६ गते) रातको ११ बजेर ५९ मिनेटसम्म रहनेछ ।
पुनः स्मरणका लागि यो साताको विषय यस प्रकार रहेका छन्;
पहिलो मुक्तकको विषय
‘नयाँ वर्ष’ (यसलाई छुने जुनसुकै विषय वा घटना)
दोस्रो मुक्तकको विषय
‘उमङ्ग’ (यसलाई छुने जुनसुकै विषय वा घटना)
तेस्रो मुक्तकको विषय
‘अपेक्षा’ (यसलाई छुने जुनसुकै विषय वा घटना)
यो खुला प्रतियोगिता हो । यसका लागि यही पेजको तल कमेन्ट बक्समा आफ्ना तीनवटा रचना पोस्ट गर्नुपर्नेछ । प्रत्येक विषयमा एउटा मात्र मुक्तक स्वीकार गरिनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ कार्तिक २०८२, बुधबार 






