साहित्यपोस्टले वरिष्ठ साहित्यकार अमर त्यागीसँगको सहकार्यमा सञ्चालन गरेको बाछिटा प्रतियोगिताको पहिलो शृङ्खलामा बाछिटाकारहरू खगेन्द्र बस्याल, अम्बिका धिताल र श्याम माकजुका बाछिटाहरू सर्वोत्कृष्ट घोषित भएका छन् । बाछिटाहरूको बाह्य र आन्तरिक संरचना, प्रकृतिबिम्बको प्रतिकात्मक प्रस्तुति तथा विषय र भावको गहनताका आधारमा बाछिटा प्रवर्तक अमर त्यागीले सर्वोत्कृष्ट घोषणा गर्नुभएको हो ।

प्रतियोगितामा सहभागी सबै बाछिटाकारका बाछिटाहरू उत्कृष्ट रहेको र तीन जना बाछिटाकारहरूका बाछिटाहरू मात्र चयन गर्नुपर्ने बाध्यताका कारण अन्य बाछिटाकारहरूका बाछिटाहरू चयन गर्न नसकिएको निर्णायक त्यागीले बताउनुभएको छ । साथै, प्रतियोगिताको निर्धारित स्थान (कमेन्ट बक्स)बाहेक अन्य स्थान (फेसबुकका म्यासेन्जर, मेल) हरूमा पोस्ट गरिएका बाछिटाहरूलाई प्रतियोगितामा समावेश नगरिएको पनि उहाँले बताउनु भयो ।

प्रतियोगितामा एकचोटि विजयी भइसक्नु भएका बाछिटाकारहरूले अप्रतियोगी रूपमा बाछिटा पुन:पुन: पोस्टगरिरहन सक्नुहुनेछ । त्यस्तै, प्रतियोगितामा एकचोटि सहभागी भएर पनि विजयी नहुनुभएका बाछिटाकारहरूलाई आफू विजयी नभएसम्म बाछिटा पोस्ट गरिरहन र प्रतियोगितामा सहभागी हुन विशेष अनुरोध छ ।

निर्णायक तथा साहित्यपोस्ट परिवार विजयी बाछिटाकारहरूमा विशेष बधाई दिँदै सहभागी सबै बाछिटाकारहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

पढ्नुहोस् बाछिटा प्रतियोगिताको पहिलो शृङ्खलाका विजयी बाछिटाहरू: